अगामी योजना कृषि, सिंचाई, सडक, स्वास्थ्य, शिक्षामा आधारित कार्यक्रम प्रस्तुत गरिएको परोहा नपाको मेयर शेख वकिलको भनाई

544 Shares

तराई टप संवाददाता
रौतहट, १० असार । रौतहटको परोहा नगरपाकिलाको पाँचौं नगर अधिवेशन हर्षौ उल्लासका साथ विहिवार सम्पन्न भएको छ ।
नेपाल सरकारको निति ऐन बमोजिम प्रत्येक बर्ष असार १० गते भित्र अगामी कार्यक्रमको लागि निति, कार्यक्रम तथा अनुमानित बजेटको योजनाहरु तर्जुमा गरेर गाउँ वा नगर सभाबाट पारित गराउनु पर्ने कानुनी प्रावधान अनुरुप परोहा नगरपालिकाले आज नगर अधिवेशन सभा सम्पन्न गरेको हो ।


परोहा नगरपालिकाको कार्यालय लौकाहामा सम्पन्न भएको नगर अधिवेशनलाई सम्बोधन गर्दै मेयर शेख वकिलले आउदो आर्थिक बर्ष २०७८÷०७९ को अनुमानीत ४४ करोडको अनुमानित बजेट प्रस्तुत गरे । पुंजिगत, चालु, तथा वित्तिय समानिकरण गरेर उक्त बजेट पेश गरिएको बताए ।
नगरपाकिलाको वृहत्तर हितको पक्षमा निरन्तर रुपमा काम गरिरहेको भएपनि कहि कतै जनगुनासोहरु भए त्यसालार्ई पनि समाधान गर्दै जन आकाँक्षा अनुरुप विकासको गतिमा परोहा नगरपालिका जिल्लामा अघिल्लो स्थानमा रहेको बताए ।
पालिकाबाट विद्यालय भवन, मठ मन्दिर, मस्जिद, मदर्शा, सामुदायिक भवन, सोलार बत्ति, स्वास्थ्य भवन लगायतका विभिन्न कार्यहरु सम्पन्न गरिसकेको भएपनि शिक्षा र स्वास्थ्य क्षेत्रमा अझै सुधार गर्नुपर्ने आवश्यक्ता महसुस गर्दै अगामी कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, सडक, खानेपानी लगायतको कार्यक्रम समावेश गरिएको बताए । छात्राहरुलाई साइकल वितरण देखि लिएर निमुखा वर्गलाई ग्यास चुल्हो सहितको सिलिण्डर वितरण गर्ने योजना रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार