“उफ गर्मी, तराई मधेशमा गर्मीबाट जनजीवन वेहाल”

126 Shares

रौतहट, २८ जेठ । “उफ गर्मी, जीउभरी पसिना पोछ्दै एक गृहिणी महिला भन्छिन उफ गर्मी, यस्तो गर्मी कहिल्यै नभएको यसपालीको गर्मीले कतै ज्यान त नलेला भन्न सकिन्न” उनले आफनो यसरी व्यथा पोखिन ।
तराई मधेशका जिल्लाहरुको हरेक परिवारका गृहिणीहरु अहिले यस्तै भन्ने गरेका छन् उफ गर्मी, विहानै देखि उदाउने सुर्यबाट निस्कने अत्याधिक रापको कारण गर्मीबाट गृहिणीहरु भन्छन्, घरमा बसेर काम गर्न सक्ने अवस्था छैनन् जिउभरी खलखली पसिनाको खोलो बग्ने हुँदा कसरी काम धन्धा गर्ने तर बालबच्चा सहितलाई खाना खुवाउन त जसरी भएपनि खाना त पकाउनै पर्ने बाध्यात्मक अवस्था रहेको रौतहट माधवनारायण नपा माधोपुरकी सिकिलिया देवी बताउँछिन् ।
तराई मधेशका जिल्लाहरुमा यतिखेर चर्को गर्मीबाट जनजीवन निकै प्रभावित हुँदै गएका छन्, घरमा काम गर्ने गृहिणी महिलाहरु देखि लिएर घरबाहिर काम गर्ने पुरुषहरु चर्को गर्मीबाट आहत भई घरभित्रै बस्नु पर्ने बाध्यता सृजना भएका हुन् ।
विगत दुई साता देखि निरन्तर रुपमा चर्को गर्मीले जनजीवन अस्तव्यस्त पारेको छ । विगतको तुल्नामा आज केही गर्मी कम भएपनि घर बाहिर मानिसहरु निस्कन सकेका छैनन् । दिउँसोपख पनि हावा चल्छ, दिउँसोको हावा भने अत्यन्त तातो हुँदा मानिसलाई अत्यधिक टाउको दुख्ने लगायतका स्वास्थ्य समस्या देखिन थालेको छ ।
मध्यान्हपख आगोको राप झैँ तातो हावा चल्दा मानिसलाई घर बाहिर निस्कन मुस्किल पर्छ । राति समेत छटपटी हुने गरी गर्मी हुँदा मानिस सुत्न समेत सकेका छैनन् । बालबालिका, वृद्धवृद्धालगायत सबै बिरामी पर्न थालेका छन् ।
गर्मीले सहज रुपमा दैनिक कामकाज गर्न नपाउँदा हरेक क्षेत्रमा प्रभाव देखिन थालेको छ । चिकित्सकले गर्मीबाट बच्न सकेसम्म घरभित्रै बस्न, पर्याप्त पानी पिउन र स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य संस्थामा जान आग्रह गरेका छन् ।
जलवायु परिवर्तनका कारण पछिल्लो दिनहरुमा तराईका जिल्लामा तातो हावा ‘हिट वेभ’ बढेको छ । जेठ १७ यता तापक्रम बढ्न थालेपछि तराईका जिल्लाहरुमा हिट वेभको खतरा बढेको मौसमविद् बताउछन् ।
‘३१ मेबाट हेर्दा तापक्रम बढेको देखिन्छ । तराई क्षेत्रमा बढी छ । पहिले यस्तो थिएन । तराई क्षेत्रमा ४० देखि ४३.५ भन्दा डिग्री बढी छ । पछिल्लो दिनहरुमा तापक्रम बढ्दा तराईको जनजीवन प्रभावित भएको छ । ‘हिट वेभ’ले समस्या देखिन थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले शुक्रवार सिंहदरवारमा यसबारे छलफल गर्न आयोजित कार्यक्रममा मौसमविद् शान्ति कँडेलले यसपटक धेरै क्षेत्रमा तापक्रम वृद्धिमा ‘रेकर्ड ब्रेक’ भएको बताइन ्।
भारतको केरला सम्म मनसुन आइसकेको छ । साधरणतय केरलामा मनसुन भित्रिएपछि नेपालको पूर्व क्षेत्रसम्म आइपुग्न करिब १५–१६ दिन लाग्छ । केरलामा मनसुन प्रवेश भइसकेपछि नेपालमा पनि चाँडै मनसुन प्रवेश हुने मौसमविद्हरुको भनाइ छ ।
महाशाखाले तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न विभिन्न उपाय अपनाउन सुझाव दिएको छ ।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अत्यावश्यक काम बाहेक अन्य समयमा घरबाट बाहिर ननिस्कन आग्रह गर्दै गर्मीको समयमा बढि झोल पदार्थ चिसो पानीको सेवन गर्नुपर्ने बताए । प्राकृतिक विपदाको समयमा धर्यधारण गरेर एक अर्कालाई सहयोग गरेर साहस बढाउन समेत अपिल जिल्लावासी संग गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार