सिनामंगलमा प्रहरीले गोली चलाएर लागुऔषध कारोवारी भगतलाई नियन्त्रणमा लिए

   २८ जेष्ठ २०८०, आईतवार १३:५१  

काठमाडौं, २८ जेठ । लागुऔषधका कारोवारीलाई समात्नका लागि प्रहरीले काठमाडौंको सिनामंगलमा गोली चलाएर नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध ओसार पसारमा संलग्न रहेको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगत माथि प्रहरीले गोली चलाएको हो ।
प्रहरीको गोली लागेर घाइते भएका भगतलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।
भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ । ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै