तराई टप संवाददाता
रौतहट, १० असार । रौतहटको इशनाथ नगरपाकिलाको पाँचौं नगर अधिवेशन विहवार भव्यताको साथ सम्पन्न भएको छ ।
नेपाल सरकारको निति ऐन बमोजिम प्रत्येक बर्ष असार १० गते भित्र अगामी कार्यक्रमको लागि निति, कार्यक्रम तथा अनुमानित बजेटको योजनाहरु तर्जुमा गरेर गाउँ वा नगर सभाबाट पारित गराउनु पर्ने कानुनी प्रावधान अनुरुप इशनाथ नगरपालिकाले आज नगर अधिवेशन सभा सम्पन्न गरेको हो ।
इशनाथ नगरपालिकाको कार्यालय औरैयामा सम्पन्न भएको नगर अधिवेशनलाई सम्बोधन गर्दै मेयर सन्तोष मेहताले आउदो आर्थिक बर्ष २०७८÷०७९ को अनुमानीत ४६ करोड ६५ लाख ९४ हजारको अनुमानित बजेट प्रस्तुत गरे । पुंजिगत, चालु, तथा वित्तिय समानिकरण गरेर उक्त बजेट पेश गरिएको बताए ।
नगरपाकिलाको वृहत्तर हितको पक्षमा निरन्तर रुपमा काम गरिरहेको भएपनि कहि कतै जनगुनासोहरु भए त्यसालार्ई पनि समाधान गर्दै जन आकाँक्षा अनुरुप विकासको गतिमा जिल्लाको कुनै नगरपालिका भन्दा कम छैनन उनले भने ।
पालिकाबाट विद्यालय भवन, मठ मन्दिर, मस्जिद, मदर्शा, सामुदायिक भवन, सोलार बत्ति, स्वास्थ्य भवन लगायतका विभिन्न कार्यहरु सम्पन्न गरिसकेको भएपनि शिक्षा र स्वास्थ्य क्षेत्रमा अझै सुधार गर्नुपर्ने आवश्यक्ता महसुस गर्दै अगामी कार्यक्रममा शिक्षा, सडक, खानेपानी लगायतको कार्यक्रम समावेश गरिएको बताए ।