बेइजिंग, एजेन्सी । चिनियाँ अति महत्वाकाँक्षी परियोजना अन्तर्गत गरिने विकास निर्माणको कार्यमा पाकिस्तानलाई चीनले धोखा दिन सुरु गरेको छ ।
चीनले चीन–पाकिस्तान रेलवे परियोजनाको निर्माणमा ५८ बिलियन खर्च गर्ने कुनै योजना बनाएको छैन र यो प्रस्तावित परियोजनाको लागि कुनै सम्भाव्यता अध्ययन पूरा वा स्वीकृतसमेत गरिएको छैन भने मिडिया रिपोर्टमा उल्लेख भएपछि पाकिस्तानलाई चिनले ठगिदै आएको खुलासा भएको हो ।
यसअघि, चीनमा आधारित साउथ चाइना मर्निङ पोस्टले अप्रिल २७ मा रिपोर्ट सम्भाव्यता अध्ययनले ५८ अर्ब अमेरिकी डलर लागतको चीन–पाकिस्तान रेलमार्गलाई ‘सार्थक’ मानेको थियो ।
डिप्लोम्याटका अनुसार सम्भाव्यता अध्ययनको कुनै आधार पनि दिइएको छैन । तर ‘रेलवेको गो ग्लोबल प्रोजेक्ट्सको लगानी र वित्तिय परिचालन मोडको अनुसन्धान’ शीर्षकको जर्नलमा पनि यसको कुनै योजना नभएको उल्लेख गरिएको छ ।
द डिप्लोम्याटका अनुसार रेल परियोजनाको विचार पहिलो पटक पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले सन् २००८ मा चिनियाँ नेतृत्वलाई प्रस्ताव गरेका थिए । चिनियाँ जर्नल साउथ एशियन स्टडीज क्वार्टरली २०१२ मा प्रकाशित अर्को लेखमा पनि यही कुरा उल्लेख गरिएको थियो ।
मुशर्रफको मूल प्रस्ताव काशगर देखि रावलपिंडी सम्म रेलवे लाइन निर्माण गर्ने थियो, जहाँ यसले पाकिस्तानको अवस्थित रेलवे नेटवर्कमा सामेल हुनेछ र पश्चिम चीनबाट ग्वादर बन्दरगाह हुँदै अरब सागरसम्म पहुँच प्रदान गर्नेछ ।
तर, चीन–पाकिस्तान सीमा क्षेत्रको कठिन भू–भाग र चर्को लागतका कारण यो आइडिया कहिल्यै पनि पूर्वसम्भाव्यता भन्दा बाहिर जान सकेको छैन । फलस्वरूप, चिनियाँ सरकारले यसलाई सम्भाव्यता अध्ययनको लागि विचार गर्ने कुनै योजना छ भनेर अझै पनि कुनै संकेत दिएको छैन ।
प्रस्तावित रेलवे परियोजना सम्भव नहुनुका तीनवटा मुख्य कारण रहेको द डिप्लोमेटले जनाएको छ । पहिलो, रेलवेले काराकोरम क्षेत्रको कठिन भूभाग, पठारहरू, हिउँले ढाकिएको पहाड र नदीहरू पार गर्न आवश्यक छ, केही खण्डहरू ४ हजार ७०० मिटरको उचाइमा छन् । काराकोरम राजमार्ग हिउँदमा चार महिनासम्म बन्द हुने गरेको छ । दोस्रो, ५८ बिलियन को प्रस्तावित लागत व्यावहारिक हुन धेरै कठिन छ र विशेष गरी सम्पूर्ण सीपीईसीको कुल अनुमानित मूल्य ५० बिलियन छ, जसमध्ये हाल सम्म २५.४ बिलियन मात्र खर्च भएको छ ।
तेस्रो, सीपीईसीको अवस्थित रेल परियोजनाले एक उदास उदाहरण सेट गरेको छ । मुख्य लाइन परियोजना सीपीईसीको सबैभन्दा ठूलो परियोजना, पाकिस्तानको कराँची देखि पेशावर सम्म रेलवे पूर्वाधार स्तरोन्नति गर्ने लक्ष्य राख्छ । यो रेल परियोजनाको मूल्य १० बिलियन छ भने चीन–पाकिस्तान रेलवे भन्दा धेरै कम, यद्यपि अझै पनि पर्याप्त छ । तर पाकिस्तानमा वित्तिय सर्तहरू र राजनीतिक अस्थिरतामा असहमतिका कारण सीपीईसी स्थापना भएको आठ वर्ष बितिसक्दा पनि एमएल–१ साकार हुन सकेको छैन । यसरी परियोजनाको नाममा पाकिस्तान ठगिदै आउका चीनको चंगुलबाट कहिले उम्कीने हो भन्न सकिने छैनन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट