चन्द्रपुर, २९ जेठ । चन्द्रपुर नगरपालिकामा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सम्पन्न निर्वाचनबाट किशोरप्रसाद उपाध्यायको अध्यक्षतामा प्यानल सहित विजयी भएको छन् ।
यस्तै उपाध्यक्षमा डोलबहादुर ठाडा मगर, सचिवमा अवधेशहरी भटराई, कोषाध्यक्षमा विनिता बख्रेल, निर्वाचित भएका हुन् । जनज्योती बहुमुखी क्याम्पसमा सम्पन्न मतदानको मतगणना अनुसार बृजेश प्रसाद साह, प्रहलाद मैनाली, दुर्गा प्रसाद हुमागाई, राम प्रसाद साह, बलराम सापकोटा र भरत प्रसाद अधिकारी सदस्य पदमा निर्वाचित भएकागरी विजय भएका छन ।
यस्तै महिला सदस्यमा रत्न कुमारी खडका, कल्पना दाहाल र जानुका तिमलसिना निर्वाचित भएको बताइएको छ । खानेपानी उपभोक्ता २८ सय भन्दा माथी रहेको पनि फाल्गुन सम्म महसुल तिर्ने जम्मा १८६३ जना मतदाता रहेका थिए । फाल्गुन सम्म महसुल तिर्नेहरु मात्र चुनावमा भाग लिन पाएको थियो ।
सम्पन्न चुनावमा १८६३ मतदाता मध्य जम्मा १ हजार २७ ले मात्र मतदानमा सहभागि जनाएका थिए । सवैभन्दा बढी वडा न. ४ बाट ४ सय ३५ र सवैभन्दा कम ६ नम्बरमा २ सय ३८ मत खसेको छ वडा न.५ बाट ३५४ मत खसेको निर्वाचन समितिका संयोजक कृती सुबेदीले बताए ।
निर्वाचनमा नेकपा (एमाले), नेपाली काङ्ग्रेस , नेकपा (एकीकृत समाजवादी) लगायतका दल मिलेर बाम लोकतान्त्रिक समुहबाट किशोर प्रसाद उपाध्यायको नेतृत्व समुहमा उम्मेदवारी दिएको थियो भने स्वतन्त्रबाट लोकनाथ कोईरालाको प्यानलको उम्मेदवारी परेको थियो । विजय भएपश्चात अध्यक्ष उपाध्यायले आम उपभोक्तालाई हार्दिक आभार प्रकट गर्दै चन्द्रपुर खानेपानीको स्तरोन्नतिका लागि योजनाबद्ध रूपमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।