70
Shares
वासिंगटन, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुन गईरहेको ‘ऐतिहासिक भ्रमण’ ले भारत–अमेरिका बीचको सम्बन्ध अझ बलियो हुने अमेरिकाले प्रतिक्रिया दिएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री मोदीको आगामी औपचारिक भ्रमण “ऐतिहासिक“ हुने र यसले २१ औँ शताब्दीको परिभाषित सम्बन्धलाई सुदृढ बनाउने बताइएको हो ।
अमेरिकी विदेश मन्त्री ब्लिन्केनले स्वतन्त्र, खुला, सुरक्षित र समृद्ध इन्डो–प्यासिफिक निर्माण गर्ने तर्फ भारतको “रचनात्मक“ नेतृत्व देखेकोमा खुशी व्यक्त गरे । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बिडेनले प्रधानमन्त्री मोदीको लागि राजकीय रात्रिभोजको आयोजना गर्नेछन् ।