रौतहट, ३१ जेठ । रौतहट सदरमुकाम गौरमा मंगलवार राति आगलागि हुँदा लाखौंको सम्पत्ती जलेर नष्ट भएको छ आगलागिमा पोलेर १४ जना घाईते भएका छन् ।
गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया स्थित पर्शुराम साहको घरमा आगलागि भएपछि आगो निभाउने क्रममा घरका सदस्य सहित गाउँलेहरु पोलेर १४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
विद्युतिय लाईन नभएको अवस्थामा घरमा उज्जयालोको लागि मैनबत्ती बालिएका थिए । सोही मैनवत्तीबाट आगो सल्किदा घरमा रहेका ग्यास सिलिन्डर पड्किँदा उक्त ब्यक्तिहरु घाइते भएको प्रहरी रिपोर्टमा उल्लेख गरिएको छ । घाइते सबैको उपचार प्रादेशिक अस्पताल गौरमा उपचार भईरहेको छ ।
मैनबत्तीबाट सल्केको आगोले ग्यास सिलेंडर बिस्फोट भएपछि आगो निभाउन गएका गाउलेहरु पोलेर घाइते भएको बताइएको छ । गौर नगरपालिकामा दमकलको विकल्पमा राखिएको फायर बिग्रेड, स्थानीय, प्रहरीको मद्दतबाट आगोलाई नियन्त्रणमा लिइएको गौर नगरका मेयर शम्भु साहले जानकारी दिए ।
गौर नगरपाकिलाको फायर बिग्रेड दुर्घटनामा परेर मर्मत भईरहेको अवस्थामा बैकल्पिक साधनबाट आगलागि भएको स्थानमा आफनो कार्यलाई पुरा गर्दै आएको र मानविय धर्म निर्वाह गर्दै आएको मेयर साहले भने ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन