आउदो बर्ष नगरवासीलाई विजुली निशुल्क ः मेयर सियाराम कुश्वाहा

   १० असार २०७८, बिहीबार २२:३०  

 

तराई टप संवाददाता
रौतहट, १० असार । रौतहटको कटहरिया नगरपाकिलाको पाँचौं नगर अधिवेशनमा अगामी बर्ष नगरबासीलाई निशुल्क विजुली उपलब्ध गराउने बताए ।
नेपाल सरकारको निति ऐन बमोजिम प्रत्येक बर्ष असार १० गते भित्र अगामी कार्यक्रमको लागि निति, कार्यक्रम तथा अनुमानित बजेटको योजनाहरु तर्जुमा गरेर गाउँ वा नगर सभाबाट पारित गराउनु पर्ने कानुनी प्रावधान अनुरुप कटहरिया नगरपालिकाले आज नगर अधिवेशन सभा सम्पन्न गरेको हो ।
कटहरिया नगरपालिकाको कार्यालय कटहरियामा सम्पन्न भएको नगर अधिवेशनलाई सम्बोधन गर्दै मेयर सियाराम कुश्वाहाले आउदो आर्थिक बर्ष २०७८÷०७९ को अनुमानीत ४२ करोड ७६ लाख २६ हजारको अनुमानित बजेट प्रस्तुत गरे । पुंजिगत, चालु, तथा वित्तिय समानिकरण गरेर उक्त बजेट पेश गरिएको बताए ।
नगरपाकिलाको वृहत्तर हितको पक्षमा निरन्तर रुपमा काम गरिरहेको भएपनि कहि कतै जनगुनासोहरु भए त्यसालार्ई पनि समाधान गर्दै जन आकाँक्षा अनुरुप विकासको गतिमा जिल्लाको कुनै नगरपालिका भन्दा कम छैनन उनले भने ।
पालिकाबाट विद्यालय भवन, मठ मन्दिर, मस्जिद, मदर्शा, सामुदायिक भवन, सोलार बत्ति, स्वास्थ्य भवन लगायतका विभिन्न कार्यहरु सम्पन्न गरिसकेको भएपनि शिक्षा र स्वास्थ्य क्षेत्रमा अझै सुधार गर्नुपर्ने आवश्यक्ता महसुस गर्दै अगामी कार्यक्रममा शिक्षा, सडक, खानेपानी लगायतको कार्यक्रम समावेश गरिएको बताए । अगामी बर्षमा कटहरिया नगरवासीहरु विजुली प्रयोग गरे वापतको रकम नगरपालिकाबाट भुक्तानी गरिने गरी कार्यक्रम तथा निती बनाइएको मेयर कुश्वाहाले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै