गौर नगरवासीलाई सिंहदरबारको प्रत्याभुती गराउदैं—नगरप्रमख शम्भु साह
तराई टप
१ असार २०८०, शुक्रबार १८:५६

रौतहट, १ असार । “गाउँ गाउँमा सिंहदरबार” को अवधारण सहित स्थापना भएको स्थानीय तहको प्रत्याभुती यति खेर गौर नगरपाकिलाले गराउदै आएको आभास यतिखेर नगरवासीलाई महसुस भईरहेका छन् ।
गौर नगरपालिका स्थापना भएको विगत ३ दशक पछि नेकपा एसबाट निर्वाचित भएका समाजसेवी शम्भु साहले गौर नगरका जनताहरुको वृहत्तर हितको पक्षमा निरन्तर रुपमा काम गर्दै नयाँपन ल्याउने प्रयासमा हरपल समर्पित रहने गरेका हुन् ।
विकास निर्माणको कार्य होस वा गरिव, दिन दुखीहरुको छोराछोरीको विहेवारी होस सबैमा उनले सहयोग गर्दै आएको छ । नगरप्रमुख साहले निर्वाचनमा गरेको प्रतिबद्धता अनुरुप नगरपालिकाबाट पाउने पारिश्रमिक रकमबाट उक्त कार्य गर्दै आएका छन् । थोरै बजेटमा धेरै काम गरेर नगरलाई नमूना बनाउने अभियानमा अघि बढेको कारण नै मधेश प्रदेशमा उत्कृष्ट नगरपालिका बन्न सफल भए ।
विगत केही साता देखि तराई मधेशका जिल्लाहरुमा चर्को घाम र गर्मीबाट बेहाल रहेको मानविय जीवन बाहेक पशु पंक्षीहरुको क्षेत्रमा समेत नगरप्रमुख साह उदाहरणीय कार्य गरेर समाजिक सोचलाई परिवर्तन गरेर सकारात्मक सोचको विकास गराई गौर नगरलाई नेपालमै उत्कृष्ट बनाउने अभियानमा दृढ संकल्पित रहेको नगरप्रमुख साह बताउँछन् ।
चर्को घाम र गर्मीबाट लाल बकैयाको खोला सुकेपछि खोलाको बगरमा रहेका जंगली पशुचौपायाहरुलाई पानी खानको लागि जेसेभि मेशिनको मद्दतबाट खाल्डा खन्न लगाएर पानीको बन्दोबस्त मिलाउनुका साथै चर्को घामको कारण मजदुरी गर्न नपाएका ठेला चलाउने मजदुरलाई खाद्यान्न उपलब्ध गराएर मानविय धर्म निर्वाह गर्दै अन्य पालिकाहरु गौरबाट केही शिक्षा सकिन्छ ।
सहयोगी संस्था आरडीसी नेपालको समयोगमा गर्मीका कारण ठेला चलाउन नसकेर हातमुख जोर्न समस्यामा परेका बिपन्न मजदुरलाइ खाध्यान्न सहयोग गरिएको हो ।
सहयोगी सस्थालाइ आग्रह गरेपछि गौरका मेयर साहले गर्मी र चर्को घाममा खट्ने ठेला मजदुरलाई राहत उपलब्ध गराईएको उनले बताए ।
विभिन्न दात्री निकायको सहयोगमा गौरको विभिन्न स्थानहरुमा निर्माणाधिन विकास निर्माणका कार्यहरुलाई दक्ष एवं असल प्राविधिकबाट गुणस्तरिय जाँच गराई नगरवासी सहित अन्य निकायहरु सन्तुष्ट हुने समेत आग्रह गर्दै गौर नगरबासीको साथ र सहयोग जारी रहेमा विकास र समृद्धिको आँधी ल्याई नेपालमै टप फाईभमा ल्याउने दाबी समेत नगरप्रमुख साहले गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै