कोपवामा करेन्ट लागेर दुई युवकको मृत्यु

   २ असार २०८०, शनिबार ०५:४९  

रौतहट, २ असार । रौतहटको बौधिमाई नगरपालिकामा विद्युतिय करेन्ट लागेर शुक्रबार राति २ जनाको मृत्युु भएका छन् ।
बौधिमाई नगरपालिका वडा नम्बर ५ कोपवा टोलमा गएराति १० बजेको समयमा पानी तान्ने हैण्ड पाईपमा मोटर जडान गर्ने क्रममा विद्युतिय करेन्ट लाग्दा दुई जनाको मृत्यु भएका हुन् ।
अमर साह तेलीको छोरा अरुण साह र भिखारी पडितका छोरा सिताबी पडितको मृत्यु भएको सुचना समाजिक संजालबाट प्राप्त भएको छ । तर अहिले सम्म रौतहट प्रहरीको आधिकारिक प्रतिक्रिया आएको छैनन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै