zoom download and install download center-zoom zoom whiteboard download zoom client app download zoom cloud recordings

मरधर सिमसार क्षेत्रमा विभिन्न जातको चार हजार विरुवा रोपियो

   ११ असार २०७८, शुक्रबार १८:५९  

तराई टप संवाददाता
रौतहट, ११ असार । जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय रौतहटको सहकार्यमा रौतहटको चन्द्रपुर स्थित रामलाल साझेदारी वन क्षेत्रमा शुक्रवार वृहद वृक्षा रोपन कार्यक्रम भएको छ ।
“स्वस्थ, सुन्दर रौतहट हरियाली रौतहट” भन्ने मुल नाराको साथ चन्द्रपुर नगरपालिका वडा नम्वर ८ रामलाल साझेदारी वनको ६ हेक्टर जग्गामा जामुन, टिक सहित विभिन्न जातको विरुवाहरु लगाएर वृक्षारोपन कार्यक्रम भएको हो । प्राकृतिक सम्पदालाई जोगाएमा मात्रै मानव जिवनको रक्षा हुने भएको वैज्ञानिक आधारहरु रहेको हुँदा सोही आधारलाई अंगिकार गर्दै जिल्ला प्रशासन कार्यालय डिभिजन वन कार्यालयको सहकार्यमा गरिएको वृक्षारोपन कार्यक्रमबाट यस भेगको वातावरणीय पर्यावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले व्यक्त गरे ।
चन्द्रपुर नगरपालिकाको प्रमुख रामचन्द्र चौधरीले चन्द्रपुर नगरपालिका वातावरण एवं पर्यावरण मैत्री रहेको हुँदा नगरपालिकाबाट रुख रोपौं हरियाली बढाउ जस्ता अभियानहरु संचालन गर्दै आईरहेको हुँदा यो वृक्षारोपन कार्यक्रमबाट वन जंगल सम्पदाको संरक्षण हुनेमा जोड दिए ।
डिभिजन वन कार्यालयको प्रमुख अमरदेव यादवले चन्द्रपुरको उक्त जग्गा मरधर सिमसार क्षेत्र भएपनि खाली पर्ती जग्गामा पशुचौपायाहरुको चरिचरण मात्रै रहेको बताउदै ६ हेक्टर जग्गामा ११ हजार विरुवा रोप्ने लक्ष्य रहेकोमा आज ४ हजार विरुवा लगाइएको जानकारी दिए । बाँकी विरुवा नेपाली सेनाले लगाउदै जाने तथा पशु चौपायाको प्रवेश निषेध गर्न वारेकेटिंग गर्ने जिम्मा वनको र सोको संरक्षण गर्ने जिम्मेवारी नेपाली सेनाको विरदल गणलाई दिइएको स्पष्ट पारे ।

वृक्षारोपन कार्यक्रममा विरदल गणको गणपति एवं कर्णेल राजन दहाल, नेपाल प्रहरीको एसपी सिद्धिविक्रम शाह, सशस्त्र प्रहरीका एसपी सुर्यबहादुर सेन ओली, राष्ट्रिय अनुसन्धानको मुकुण्ड खड्का, सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भटराई, गढीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, नेपाल पत्रकार महासंघको सचिव मदन ठाकुर सहित वन कर्मचारी, नेपाली सेनाको अधिकृत कर्मचारीहरुको उस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै