बालिका सम्मेलनको माग गर्दै चन्द्रनगरमा महिला तथा बालिकाहरुको उर्लियो जनसागर

235 Shares

सर्लाही,२ जेठ । सर्लाहीको चन्द्रनगरमा जनप्रतिनिधिको बिरोध पछी स्थगित गरिएको बालिका सम्मेलन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको छ ।
बाल विवाह सन २०३० सम्म अन्त्य र बालिकालाई सक्षम बनाउने उदेश्यका साथ आज(शनिवार) नाढीमन तालमा हुने बालिका सम्मेलन गाउँपालिका उपाध्यक्ष गितादेवी महतो, वडा नं. ७ का वडा अध्यक्ष रामस्वरुप कुर्मी, वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं. ५ का वडा अध्यक्ष , वडा नं. ४ का वडा अध्यक्ष राजिव सिंह , वडा नं. ३ का वडा अध्यक्ष सिताराम महतो लगायतका विरोद्ध टोलीले शुक्रवार गाउँपालिकाको कार्यालय अगाडी बालिका सम्मेलन स्थगित गर्न माग गरेपछी बालिका सम्मलेन स्थगित गरिएको थियो ।
बालिका सम्मेलन स्थगित भएपछि बालबालिका, महिला अधिकारकर्मी तथा महिलाहरु लगायत अन्य व्यक्तिहरुको उपस्थितिमा सम्मेलन गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको छ । बालबालिकाहरुले बालिका सम्मेलन चाडै गर, बालिका सम्मेलन रोक्न पाइदैन,बाल बिबाह अन्त्य गर, महिला अधिकार हनन गर्न पाइदैन,बालिका बिरोद्धी जनप्रतिनिधि तथा नेता चाहिदैन, लगायतको नारा घनकाउँदै प्रदर्शन गरेको छ ।चन्द्रनगरको कुना कुना बाट बालबालिका तथा महिलाहरुको जनसागर ओर्लिएर बालिका सम्मेलन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । चन्द्रनगर गाउँपालिका वडा नं. ७ बस्ने विद्यार्थी कल्याणी कुमारी चौधरीले बालिका सम्मेलन भएन भने चन्द्रनगर गाउँपालिका कार्यालय तथा गाउँपालिका अन्तर्गत रहेको ७ वटै वडामा तालाबन्दी गर्ने बताउनुभयो । उपाध्यक्ष गितादेवी महतो महिला भएर पनि महिला तथा बालिकाहरुको हक अधिकार खोसेर बालिका सम्मेलन स्थगित गराउन आन्दोलन गर्नु घिन लाग्दो विषय बनेको छात्रा कल्याणीले बताउनुभो । उपाध्यक्ष महिला भएर पनि फाहरी राजनैतिक गरेको, भागबण्डाको राजनैतिमा बालिका सम्मेलन स्थगित गराएको कल्याणीले बताउनुभयो । बालिका सम्मेलन नभए तालाबन्दीको साथसाथै कडा आन्दोलन समेत गरिने कल्याणीले बताउनुभयो ।
प्रदर्शन गर्न आउनी भएकी अर्का महिला जैमन देवी माझीले चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले विकास गर्न खोज्दा तथा बालिका हितमा काम गर्न खोज्दा कुन लोभले उपाध्यक्ष महतोले बालिका सम्मेलन स्थगित गराएको हो प्रश्न गर्दै गुणासो पोख्नुभयो । उपाध्यक्ष महिला हो तर महिलाको अधिकार बुझेन, बजेटको भागबण्डामा मात्र अग्रसर छ, अहिलेको विकास विरोद्धी जनप्रतिनिधि कुकुर हो र भागबण्डा गर्नलाई दुखेसो पाख्दै माझीले भकानिएर भन्नुभयो । आफुहरुलाई जनविरोद्धी, बिकास विरोद्धी जनप्रतिनिधि चाहिएन, यहाको उपाध्यक्षले न्यायिक कार्य बाहेक आफनो भागमा २ करोड र वडा अध्यक्षले १÷१ करोड भागबण्डा गरेको छ, यत्रो बजेट छुट्टयाए पनि ति बजेटमा दलितलाई समेटन नसकिएको माझीले गुणासो पोख्नुभयो ।
बिद्याबारीधी गरिरहनु भएकी नेपालमा महिलाहरुमा हुने महिनावारीको विषयमा रिसर्च गर्न आउनु भएकी लण्डनवासी छात्रा अविगेलले महिला पुरुष सम्मान हुन र महिला तथा बालिका उत्थानको लागि गरिने कार्यक्रम स्थगन हुनु दुखद भएको बताउनुभयो ।
महिला अधिकारकर्मी सुधा पौडेल एउटा महिला उपाध्यक्षले महिला तथा बालिका हितको लागि हुने कार्यक्रम स्थगन गर्न दुखद भएको बताउनुभयो । मधेशमा बाल बिबाह व्यप्त छ र यस्तो कार्यक्रम हुनु भनेको चन्द्रनगरको लागि सुखद हुने अधिकारकर्मी पौडेले बताउनुभयो । छोरी भनेको मरिच र केराउको दाना जस्तै हो, छोरीको कलिलै उमेरमा बिवाह हुदाँ मरिच र केराउ जस्तै खुम्चिने भएकोले यो बालिका सम्मेलन बाल बिबाह रोक्न महत्वपुर्ण कार्यक्रम भएको महिला अधिकारकमी पौडेले बताउनुभयो ।
अर्का महिलअधिकारकर्मी राधा पौडेलले जहाँ जहाँ मलिा अधिकार खोसिन्छ, छोरीहरुको अधिकार खोसिन्छ, महिला तथा छोरीहरु हिंसामा पर्छ त्याहा म पुग्द छु उहाले बताउनुभयो । मधेशमा सबभन्दा बढि बाल बिवाह, छोरी बलात्कृत, हुन्छ तर छोरीहरुको हक हितको लागि बालिका सम्मेलन हुदाँ उपाध्यक्ष लगायत अन्य व्यक्तिहरुले रोक्नु भनेको निन्दनीय कार्य भएको र बालिका सम्मेलन नगराए हामी महिला अधिकारकर्मीहरु यो विषयमा विरोद्ध गर्नुपर्ने अवस्था आउन सक्ने उहाले बताउनुभयो । बालिका सम्मेलन रोक्ने जनप्रतिनिधिहरुलाई बास्तवमै भन्ने हो भन्ने लाज लागनुपर्ने विषय भएको महिला अधिकारकर्मी पौडैलले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष महतोले कार्यक्रमलाई सम्बोधन गर्नु हुदैँ बालिका सम्मेलन काठमाडौमा महिला बालबालिका समज कल्याण मन्त्रालयको आयोजनामा राष्ट्रिय स्तरमा कार्यक्रम गरिएको थियो र सो कार्यक्रममा नेपालमा सन २०३० सम्म बाल बिवाह अन्त्य गर्ने घोषणा भयो। सोही अनुरुप नेपालमै पहिलो पटक बालिका सम्मेलन पालिका स्तरबाट गर्न लागेपछी अहिलेको उपाध्यक्ष लगायत अन्य विभिन्न व्यक्तिहरुले बहुमतको आडमा कार्यक्रम स्थगन गराएको बताउनुभयो । माओवादी बाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्षहरुले भागबण्डा गरी ९ करोड रुपैया लिएको छ तर बिडम्बना सबै बजेट माटो र ग्रेबलमा गैरहेको छ, बालबालिकाको हित तथा जनमुखी कार्य नगरेको अध्यक्ष महतोले बताउनुभयो । अध्यक्ष महतोले स्थगन गरिएको बालिका सम्मेलन बालबालिका तथा महिलाहरुले गर्नुपर्ने माग गरिरहेको हुदाँ पुःन आउँदै गरेको असार १५ गते भित्रमा बालिका सम्मेलन हुने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।