डुंगा डुब्दा करिव ३ सय पाकिस्तानीको मृत्यु भएको आशंका

एथेन्स, एजेन्सी । मानव तस्करको माध्यमबाट ग्रिसमा प्रवेश गर्न लाग्दा समुद्रमा डुंगा डुब्दा करिव तीन सय पाकिस्तानी नागरिकको मृत्यु भएको आशंका अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
ग्रिसमा आप्रवासी डुङ्गा डुब्दा तीन सय पाकिस्तानीको मृत्यु भएको आशंका गरिएका हुन् ।
गत हप्ता ग्रीसको तटमा एउटा डुङ्गा डुब्दा करिब ३०० पाकिस्तानी आप्रवासीको मृत्यु भएको अनुमान गरिएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले मानव बेचबिखनमा संलग्न एजेन्टहरूलाई “कठोर सजाय“ दिइने भन्दै तत्काल कारबाही गर्न आदेश दिएका छन् ।
पाकिस्तानी अधिकारीहरूले आइतबार १० जना कथित मानव तस्करलाई पक्राउ गरेको जनाइएको छ ।