चिनियाँ कम्पनीको क्रुरता, विवाह गर्ने कर्मचारीलाई बर्खास्त गर्ने उर्दी जारी

73 Shares

बेइजिंग, एजेन्सी । चीनमा मानवअधिकारको चरम रुपमा उलंघन भईरहेको पछिल्ला धेरै घटनाहरु घटेपनि पछिल्लो समयमा व्यक्तिगत सम्बन्ध राख्न नपाउने जस्ता कार्यबाट चिनियाँ नागरिकहरु चरम मानअधिकार उलंघनको शिकार बन्दै गएका छन् ।
चिनियाँ कम्पनीले ‘विवाहबाह्य सम्बन्ध वा श्रीमती राखेको’ भन्दै कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी एवं उर्दी जारी गरेका हुन् ।
एक चिनियाँ कम्पनीले विवाहित कर्मचारीहरूलाई “विवाहबाह्य सम्बन्ध राख्ने वा श्रीमती राख्ने जस्ता खराब व्यवहार“ गर्नबाट रोकेको छ । कर्मचारीहरूसँग साझा गरिएको कागजात अनुसार यो नियम उल्लंघन गर्ने कर्मचारीलाई बर्खास्त गरिने कम्पनीले जनाएको छ ।
“चार ’नोस’ संग असल कर्मचारी बन्ने प्रयास गर्नुहोस् – कुनै अवैध सम्बन्ध, कुनै प्रेमिका, कुनै विवाहित सम्बन्ध वा अन्य कुनै सम्बन्ध विच्छेद छैन,“ यसले थप्यो । चिनियाँ कम्पनीको यस्ता कठोर नियमबाट त्यस कम्पनीमा काम गर्ने कामदारहरु विचल्लीमा परेको बताइएको छ । चीनमा मानव अधिकारको अवस्था अत्यन्तै नाजुक रहदै आएको अवस्थामा आम नागरिकहरु आफनौ व्यक्तिगत स्वतन्त्रतालाई त्यहाँका शासक एवं कम्पनीहरुको कार्यशैलीबाट निकै दुखि बनाएको विभिन्न अन्तरराष्ट्रिय अनलाईन खवरहरुमा रिपोर्ट उल्लेख गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार