चिनियाँ हर्कतबाट नेपालीहरु तनावमा, प्रवेश–पास नवीकरण नगर्दा तिब्बतमै रोकिए १२८ नेपाली

67 Shares

काठमाडौं, ४ असार । चीनले कोरोना सुरु भएको चार वर्षपछि पनि महामारीलाई कारण देखाउँदै नेपालीलाई दु:ख दिने काम भने जारी राखेको छ। विगत तीन वर्षसम्म सीमा नाका बन्द गर्दै अघोषित नाकाबन्दी गरी नेपाली अर्थतन्त्रमा ठूलो नोक्सानी पुर्‍याएको चीनले नेपाली नागरिकलाई दु:ख दिने काम भने जारी राखेको छ।

चीनले प्रवेश–पास नवीकरण नभएको भन्दै १२८ नेपाली चीनको स्वशासित क्षेत्र तिब्बततर्फ रोकेको छ। कोरोना महामारी सुरु भएसँगै लकडाउनका कारण रोकिएका एक सय २८ नेपालीको प्रवेश–पास नवीकरण गराउन नपाएपछि तिब्बततर्फै रोकिएका हुन्।

१८ वैशाखमा दुईतर्फी कार्गो र आवतजावत खुला भए पनि नेपालतर्फ आवतजावत सहज भइसकेको छैन। नाका खुला भएपछि तिब्बतबाट जम्मा एकजना नेपाली हुम्ला आएका छन्। हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीका अनुसार प्रवेश पास नविकरण नभएकाहरु तिब्बतमै रोकिएका छन्।

उनले भने, ‘तिब्बतको ताक्लाकोट आसपासमा मजदुरीका लागि पहिले नै गएका एक सय २८ जनाको प्रवेश–पासको म्याद सकिएको छ । म्याद नाघेको प्रवेश–पास लिएर आउन नपाउने चिनियाँ कानुनअनुसार उहाँहरू उतै हुनुहुन्छ। सीमानाका सुचारु भएपछि तिब्बतबाट जम्मा एकजना फर्किनुभएको छ।’

सहायक प्रजिअ सुवेदीले ताक्लाकोटमा कर्मचारी पठाएरै भए पनि रोकिएका नेपालीको पास नवीकरण गरी नेपाल फर्काउने गरी तयारी भइरहेको जानकारी दिए।

तिब्बतमा रोकिएका सबै हुम्लावासी हुन्। हुम्लाका स्थानीय बासिन्दाको मजदुरी र व्यापार गर्ने ठाउँ तिब्बतको ताक्लाकोट र आसपासका क्षेत्र हुन्। दुई देशको नियमअनुसार जिल्ला प्रशासन कार्यालयले बनाएको प्रवेश–पासका आधारमा सीमावर्ती जिल्लाका बासिन्दा एक-अर्को मुलुकमा जान पाउँछन्। प्रवेश–पासको म्याद एक वर्ष तोकिएको छ। तीन वर्ष तिब्बतमै रोकिएका कारण नेपालीको प्रवेश–पास नवीकरण भएको छैन।

सीमानाका सञ्चालन भएकै दिन १८ वैशाखमा १८ जना हुम्लाका नागरिक मजदुरीका लागि तिब्बततर्फ प्रवेश गरेका थिए। यारी नाकामा नेपालको भन्सार, प्रहरी कार्यालय र सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल छ।

नेपालबाट हिल्सा नाका भएर तिब्बतको कैलाश मानसरोवर जाने बाटो सबैभन्दा छोटो र सहज मानिए पनि सडक बिग्रेका भन्दै चीनले मानसरोवर जाने तीर्थयात्रीहरूमा पनि रोक लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।