आन्तरिक पर्यटनलाई आकर्षित माईधिया मानपुरमा भगत तालको निर्माण युद्धस्तरमा

69 Shares

 

रौतहट, ४ असार । रौतहटको माधवनारायण नगरपालिकामा एउटा विशाल पोखरीको निर्माण गरिएर आन्तरिक पर्यटनको क्षेत्रमा बढावा दिने कार्य धमाधम भईरहेका छन् ।
आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्वयबाट स्थानीयहरुको सहमतीमा निर्माण गरिएको उक्त विशाल पोखरीलाई भगत तालको रुपमा नामाकरण गरिएका हुन् ।
माधवनारायण नगरपालिका वडा नम्बर ४ विसुनपुर्वा मानपुर स्थित प्राचिन “माईधिया पोखरी” लाई व्यवस्थापन गरेर भगत ताल बनाउने योजनाका साथ युद्धस्तरमा सौन्दर्यीकरण भईरहेको स्थानीय समाजीक अभियान्ता पारस भण्डारीले बताए ।
पुर्व शिक्षक समाजसेवी स्वर्गीय देवनारायण भगतको सम्झनामा स्थानियबासीहरुको सल्लाहमा भगत ताल नामाकरण गरिएको भण्डारीले जानकारी दिए । करिब २२ विगहा क्षेत्रफल भएको माईधिया पोखरी उच्च पर्यटकीय सम्भावना बोकेको पोखरी हो । पोखरीको उचित व्यवस्थापन र प्रचार प्रसार नहुदा ओझेलमा परेको उनले भने ।
विगत केही वर्ष देखि मधेस प्रदेश सरकारले संरक्षणमा जुटेको कारण स्थानिय ताल बनाई प्रचार प्रसार गरेर पर्यटन स्थल बनाउन लागि परेका छन । “प्राचिनकालमा माईधिया पोखरी माई र धिया शब्द मिलेर बनेका थिए । शव्द माईको अर्थ – माई (आमा) र धियाको अर्थ बेटि ( छोरी ) हुन्छ” उनले भने ।
“स्थानिय नागरिकहरुको अनुसार उक्त पोखरी कुनै मान्छेले न खनी देवी देवताले आमा र छोरी रुप धारण गरेर एकै रातिमा पोखरी खनेको किम्वदन्ती भनाईहरु रहेको छ” ।
मधेश प्रदेश सरकारको विनियोजित बजेटबाट सो पोखरीमा करिब एक किलो मिटर पर्खाल लगाउने तथा पिकनिक स्थल निर्माण गरिएको छ ।
तालको आकर्षण बढाउन, बोटिंग, होटल व्यवसाय, चिल्ड्रेन पार्क, प्रतिक्षालय, शौचालय सहितका भौतिक संरचनाहरु तयार गरेर आन्तरिक एवं बाह्य पर्यटकलाई माधवनारायण नगरपालिकामा भित्रएर रोजगार प्रबंधनमा समेत टेवा पुग्ने विश्वास समाजसेवी भण्डारीले भने । यहाँका पर्यटकहरुलाई छिमेकी जिल्ला बागमती नगरपालिकाको भरत ताल जानुपर्ने आवश्यक्ता महसुस नहुने गरी भौतिक पूर्वाधारहरुको संरचना निर्माण भईरहेको समेत उलने उल्लेख गरे ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार