नेपाल स्काउटको ७२ दिवशमा मेयर शम्भु साह सहित तिन जनाले दिक्षा एवं प्रतिज्ञा लिए

   ४ असार २०८०, सोमबार १९:२२  

रौतहट, ४ असार । नेपाल स्काउटको ७२ स्थापना दिवस तथा दिक्षा र प्रतिज्ञा समारोहको सोमवार गौर नगरपालिकाको सभाकक्षमा आयोजना गरेर भव्यताको साथ मनाइएका छन् ।
स्थापना दिवश तथा दिक्षा र प्रतिज्ञा समारोहका प्रमुख अतिथि एवं गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले स्काउट भनेको सभ्य, अनुशाषित, मर्यादित भई बालबालिकाहरुलाई लगाएर समाजलाई अगाडी बढाउन निकै महत्वपूर्ण भूमिका निर्वाह गराउन सकिन्छ ।
स्काउटको विस्तारको लागि गौर नगरपालिका भित्र सबै विद्यालयमा स्काउटको समिति बनाएर बालबालिकाहरुलाई तालिम दिई शिक्षाको साथै हरेक क्षेत्रमा अगाडी बढाउनमा गौर नगरपालिकाले यथोचित भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले २००९ सालमा पूणित उद्देश्यका साथ नेपालमा स्काउट स्थापना भएको चर्चा गर्दै युवापुस्तालाई संयमित बनाई समाजलाई सहि दिशामा अघि बढाउन मद्दत पुग्ने बताए । अहिलेको फोरजी वा फाइजीको जमानामा आजको भाईबहिनीहरु हतारमा छिटो छिटो अघि बढ्ने चाहनामा गलत बाटो तिर बढाउँछ त्यसैले हतार नगरी एक छिन आत्ममंथन गरेर अघि बढेमा मात्र सहि बाटो पहिचान गरी जिवन निर्वाहमा सकारात्मक भुमिका निर्वाह गर्न सकिने स्पष्ट पारे । स्काउटको माध्यमबाट शिक्षा क्षेत्रमा देखिएको विकृति एवं विसंगतिलाई समाधान गर्न सकिने बताए ।
विजयकिशोर झाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रतममा संचारकर्मी प्रभातकुमार झा, पतंजलीका अध्यक्ष बलिराम साह, स्काउटर गन्धेश्वर प्रसाद सिंह सहितका वक्ताहरुले शुभकामना दिदै स्काउट विस्तारमा सवै क्षेत्रका सहयोग जरुरी भएको बताए ।
आजको कार्यक्रममा गौर नगरपालिकाको प्रमुख शम्भु साह, उपप्रमुख शैल देवी र गुजराको उपमेयरले दिक्षा लिदै स्काउट प्रति निरन्तर सहयोग गर्ने प्रतिज्ञा गरेका थिए । आजकै कार्यक्रममा सात जना स्काउटर गन्धेश्वर प्रसाद सिंह, शैलेन्द्र झा, आशाकुमारी झा, सुधिर झा सहित सात जनालाई दिर्घकालिन पदकबाट मेयर साहले विभुषित गरेको कार्यक्रमका उदघोषक सुरेन्द्र मिश्रले जानकारी दिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै