जेलमा हाले पनि आत्मसमर्पण गर्दिनः पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खान

   ६ असार २०८०, बुधबार १२:३३  

 

इशलामाबाद, एजेन्सी । पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानले जेल जान तयार छु तर आत्मसमर्पन गर्दिन भनेर युट्युब मार्फत अभिव्यक्ति सार्वजनिक गरेको छ ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आइतबार साँझ युट्युब मार्फत देशवासीलाई सम्बोधन गरेका थिए ।
“उनीहरूले मलाई जेलमा हाले पनि म कुनै सम्झौता वा आत्मसमर्पण गर्दिन । म कानूनको शासन र मेरो देशका जनताको राम्रो भविष्यको लागि लड्ने छु,“ उनले भने । खानको टिप्पणी उनको पार्टी पीटीआई विरुद्ध जारी क्र्याकडाउनको बीचमा आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै