चट्याँग लागेर युवकको मृत्यु

   १२ असार २०७८, शनिबार ०८:५८  

तराई टप संवाददाता
रौतहट, १२ असार । रौतहटको परोहा नगरपालिकामा शनिवार विहान चट्याँग लागेर एक जना युवकको मृत्यु भएको छ ।
परोहा नगरपालिका वडा नम्वर २ जिगडवा वेलविछुवा गाउँ बस्ने बर्ष ३५ को शेख जमसैद घर बाहिर बसिरहेको अवस्थामा आज विहान ७ बजेको समयमा अचानक चट्याँग लाग्दा घाईते भए ।
घाईते जमसैदलाई नजिकै रहेको शिवदर्शन हस्पिटल शुकदेव चौक पर्याएर तर उपचारको क्रममा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै