छोटेलाल झा माथि छिमेकीद्धारा साँघातिक आक्रमण गर्दा मरणासन्न अवस्थामा

रौतहट, ६ असार । रौतहटको दुर्गा भगवती गाउँपालिकाको भलोहिया गाउँमा छोटेलाल झालाई निर्ममतापूर्वक कुटपिट गर्दै गम्भीर घाइते भएका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहिया निवासी ३५ बर्षिय छोटेलाल झाले आफनो घर बनाउने क्रममा गाउँकै भोला महतो र निजका छोरा धर्मेन्द्र महतोले मंगलवार इटा चप्पल र लातघुसाले निर्घात कुटपिट गरेर गम्भीर घाइते बनाएका हुन् ।
आफनो जग्गामा घर बनाइरहेका झालाई घर बनाउन नदिन निजका छिमेकी रामकिशोर महतो र विनोद महतोको ग्राण्ड डिजाइनमा महतो बाबुछोराद्धारा गाउँपालिकाको कार्यालय अगाडी चप्पल, लातघुसा निर्घात कुटपिट गर्दै इटाबाट टाउको र जिउभरी कुटपिट गरेर मानवियताको पराकाष्ठा नाघेको प्रत्यक्षदर्शीहरुले बताए ।
झाको श्रीमतीलाई समेत हातपात गरेको बताइएको छ । टाउकोमा गम्भीर चोट लागेका झाको वीरगञ्ज स्थित न्यूरो हस्पीटलमा उपचार भईरहेको उनका परिवारजनले जनाएको छ । कुटपिटबाट टाउकोमा रगत जमेको छ, चिकित्सकको निगरानीमा उपचार भईरहेको थप उपचारको लागि काठमाडौं रेफर गर्ने चिकित्सकहरुले राय विचार गरिरहेको स्थानीय आदर्श झाले बताए ।
विनाकारण कसैसंगको रिसिवीलाई कसै माथि पोखिनु मानवअधिकारको उलंघन होइन, अकारण यसरी मर्णासन्न हुने गरेर आक्रमण गर्नु योजनाबद्धको अपराध होइन, घटनामा संलग्न व्यक्ति मध्ये एक जनालाई प्रहरीले हिजो राति नै छोडिनुको पछाडीको अर्थ गरिव असहायले न्याय पाउदैनन भने यतिखेर भलोहियाबासीले प्रश्न रौतहट प्रहरी माथि तेश्रयाएका छन् ।
घटना भए लगतै इलाका प्रहरी कार्यालय गंगापिपराले महतो बाबुछोरालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरको जिम्मा लगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले घटना विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको तथा गम्भीर घाइते झाको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आईरहेको प्रहरी श्रोतबाट बुझिएको छ ।
घटना लगतै दुर्गा भगवती गाउँपालिकाद्धारा संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेर खानेपानी कार्यालय गंगापिपरामा कार्यरत कर्मचारी झालाई निर्घातकुटपिट गरेर गम्भीर घाइते बनाएका भोला महतो र निजका छोरा धर्मेन्द्र महतो, रामकिशोर महतो तथा विनोद महतोलाई कानुनी डायरामा लिई कानुन बमोजिम कारवाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय गौरको ध्याणाकर्षन गराएका छन् ।