भारतले विश्वलाई बाटो देखाउन सक्छः अमेरिकी अर्थशास्त्री रोमर

   ७ असार २०८०, बिहीबार ०८:२७  

वासिंगटन, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संगको भेटपछि अमेरिकी अर्थशास्त्री रोमरले भने कि भारत विश्वलाई राम्रो बाटो देखाउन सक्छ ।
नोबेल पुरस्कार विजेता अमेरिकी अर्थशास्त्री तथा विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री पल रोमरले अमेरिकामा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटपछि उक्त अभिव्यक्ति दिएका हुन् ।
भारतको आधारमा–आधारित प्रमाणीकरणको प्रशंसा गर्दै रोमरले भने कि भारत जस्तो लोकतान्त्रिक देशले “विश्वलाई बाटो देखाउन सक्छ“। उनले थपे, “यो एक राम्रो भेट भयो ।
हामीले सफल सहरी विकासको महत्वको बारेमा कुरा गर्यौं । उहाँ यी मुद्दाहरू राम्ररी बुझ्नुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै