भारत र अमेरिका बीच मित्रता र नागरिकको शान्ति तथा समृद्धिको लागि टोष्ट उठाए

   ९ असार २०८०, शनिबार ०६:४०  

वासिंगटन, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकामा भव्य रुपमा स्वागत गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कमला ह्यारिस, एन्टोनी ब्लिन्केन सँग भारत–अमेरिका मित्रताको लागि टोस्ट उठाएको हो ।
प्रधानमन्त्री मोदीले शुक्रबार अमेरिकी विदेश मन्त्रालयद्धारा आयोजना गरिएको  राजकीय दिवाभोजमा भारत–अमेरिका मित्रता र दुई देशका नागरिकको शान्ति र समृद्धिको लागि टोस्ट उठाएका हुन ।
“म यस भव्य स्वागतका लागि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र विदेश सचिव एन्टोनी ब्लिन्केनलाई धन्यवाद दिन चाहन्छु,“ प्रधानमन्त्री मोदीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै