प्रधानमन्त्री मोदीले आफ्नो ९ वर्षको कार्यकालमा १३ औं सम्मान पाए
तराई टप
१० असार २०८०, आईतवार २०:३७

नयाँ दिल्ली, एजेन्सी । नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेको विगत ९ बर्षमा १३ वटा अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले सोही क्रममा आइतवार इजिप्टको सर्वोच्च राज्य सम्मान, ’अर्डर अफ द नाइल’ प्राप्त गरेको हो ।
जसले प्रधानमन्त्रीको रूपमा आफ्नो ९ वर्षको कार्यकालमा उनले १३ औं अन्तरराष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेका छन् ।
उनले फिजी, पपुवा न्युगिनी, साउदी अरेबिया, अफगानिस्तान, माल्दिभ्स, बहराइन सहितका देशहरुमा यस्तै उच्च सम्मान प्राप्त गरिसकेका छन् । उनलाई अमेरिका र रुसको सर्वोच्च नागरिक सम्मानबाट लिजन अफ मेरिट पनि प्रदान गरिएको थियो । एएनआई ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै