तराई टप संवाददाता
रौतहट, १४ असार । बयलगाडामा लोड गरी नेपालबाट भारत तर्फ लग्ने मनसायबाट लैजादै गरेको अवस्थामा ११६ कार्टुन अबैध मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट वेलविछवालाई प्राप्त भएको सुचना अनुसार दुर्गा भगवती गाउँपालिका ५ बडहर्वा स्थित वागमती नदी पारी सशस्त्र प्रहरीको पैदल गस्ती टोलीलाई देख्दा अबैध मदिरा लैजाने व्यक्ति बयलगाडा छाडेर भाग्दा सोमवार विहान १०.१५ बजेको समयमा वेवारिसे अवस्थामा नियन्त्रणमा लिएको हो ।
बर्षाको मौका छोपी अबैध कारोवार गर्ने पल्केका व्यापारीले नेपालबाट भारततर्फ बयलगाडामा राखी लैजादै गरेको ११६ कार्टुन सोफी नियन्त्रणमा लिन सफल भएको जानकारी दिदै सशस्त्र प्रहरी उपरिक्षक सुर्यबहादुर सेन ओलीले बरामद गरिएको मदिराको मुल्य झण्डै ३ लाख भएको बताए ।
बयलगाडा सहित ११६ कार्टुन मदिरा आश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयलाई जिम्मा लगाइएको जानकारी उनले दिए । सिमावर्ती क्षेत्रमा बर्षाको पानी भरीभराउ हुँदा वागमती नदीको पुर्व सर्लाही भएर अवैध मदिरा नेपालबाट भारत तर्फ गईरहेको कार्य माथि विशेष निगरानी राखिएको हुँदा आज सफलता प्राप्त भएको स्पष्ट सशस्त्र प्रहरी उपरिक्षक ओलीले बताए ।