इस्लामबाद, १२ असार । पाकिस्तानी सरकारले सेनाले एक लेफ्टिनेन्ट जनरल सहित तीन अधिकारीलाई बर्खास्त गरेको समाचार अन्तरराष्ट्रय समाचार एजेन्सीहरुले जनाएको छ ।
पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ प्रकरणमा सुरक्षा दिन नसकेको भन्दै थप तीन मेजर र सात ब्रिगेडियर सहित १५ अधिकृतलाई अनुशासनात्मक कारबाही चलाएको हो ।
पूर्व प्रधानमन्त्री खानको गिरफ्तारी पछि मे ९ मा भएको हिंसात्मक प्रदर्शनका क्रममा सैनिक प्रतिष्ठानहरूको सुरक्षाको जिम्मेवारी ती अधिकारीहरूले लिएको थिए तर तीनले सैन्य भवनको सुरक्षा दिन नसकेपछि सेनाले गरेको अनुसन्धान पश्चात उनीहरु माथी कारबाही गरिएका छन् ।
पूर्व प्रधानमन्त्री खानको पार्टीका कार्यकर्ताहरूले मे ९ मा लाहोर कोर्प्स कमाण्डर हाउस, मियाँ वाली एयरबेस र फैसलाबादको आईएसआई भवन सहित २० भन्दा बढी सैन्य प्रतिष्ठान र सरकारी भवनहरूमा तोडफोड गरेका थिए ।
रावलपिंडी स्थित आर्मी हेडक्वार्टर (जीएचक्यू) मा पनि अनियन्त्रित र अराजक भीडले आक्रमण गरेको थियो । जसको कारण, त्यहाँ रहेका भवन तथा भौतिक पुर्वाधारको संरचनामा निकै क्षति हुन पुगेको थियो ।
सैन्य प्रवक्ता मेजर जनरल अरशद शरीफले भने कि सेनाले सो हिंसाका बारेमा दुई दुई पटक अनुसन्धान गरे पछि सो कारबाही गरिएको जानकारी दिएको रिपोर्टमा उल्लेख गरिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन