रौतहट, १३ असार । केही अदृष्य शक्तिहरुको फण्डिंगमा जसपा संसदीय दलका प्रमुख सचेतक एवं मधेशका प्रभावशाली नेता प्रदीप यादवको चरित्र हत्या गर्न विभिन्न गिरोह सक्रिय रहेका छन् ।
मधेशी जनताको हक अधिकार सम्पन्न बनाउनका अनवरत रुपमा लागि सडकदेखि सदन सम्म आवाज उठाउदै आएका एवं नेपालको आर्थिक नगरीबाट सरोकार राख्ने तथा राष्ट्रिय राजनीतिमा प्रभाव बढाउँदै आएका नेता यादवको चरित्र हत्या गरेर जनमानसमा नकारात्मक धारणा फैलाउने यतिखेर अदृष्य शक्तिहरुको इशारामा पर्दा पछाडीबाट गिरोह सक्रिय भएपछि नेपाल प्रहरी एक्सनमा आएका हुन् ।
सांसद यादवलाई चिनियाँ एप टिकटकको माध्यमबाट गालीगलौच एवं चरित्र हत्या गर्ने खालको भिडियो बनाएर भाइरल बनाइरदा सोको कानुनी उपचारको लागि उनका स्वकीय सचिव निखिल वर्णवालको उजुरीका आधारमा प्रहरीले दोषीविरुद्ध विद्युतीय अपराधसम्बन्धी मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बढाएका छन् । जिल्ला प्रहरी कार्यालयमा परेको Tiktok Id@upendra shah243 र @ravibarnwal13 Id भएका व्यक्तिले अश्लील गालीगलौच गरेर चरित्र हत्या गरेकाले हदैसम्मको कारबाहीको माग गरिएको छ ।
अश्लील गालीगलौच गरी ३ः५४ सेकेन्डको भिडियो बनाई सामाजिक सञ्जालमा राखिएको र सांसद यादवको चरित्र हत्या हुनुको साथै समाजमा उनको मान प्रतिष्ठामा समेत आँच पुगेको उजुरीमा उल्लेख छ ।
मधेस प्रदेशको पर्सा जिल्ला क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधि सभा सांसद प्रदीप यादव वन मन्त्री समेत भइसकेको र जनताको आवाज सडकदेखि सदनसम्म राख्दै आएको उल्लेख गर्दै चरित्र हत्या गर्न खोज्नेहरुलाई पक्राउ गरी भिडियो डिलिट गराई कानुनी कारबाही गर्न माग गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन