कपिलबस्तु, १३ असार । कपिलबस्तु जिल्लाको सुठौली भन्सार कार्यालय भएर ओहरदोहर गर्ने सर्वसाधारण नागरिकले अलकति पनि सामान ल्याएर नेपाल प्रवेश गरेमा भन्सार तिर्न लगाएर अमानविय व्यवहार नेपाली भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुले देखाइरहेका छन् ।
भारत बाट आयात हुने समान एक सय रुपैया भन्दा बढीको समानमा भन्सार तिरेर मात्र नेपाल प्रवेश गर्ने दिइरहदा सर्बसाधारण नागरिकहरु भन्सारको यस्ता रबैयाबाट सास्ती खेप्दै आएका हुन् ।
नेपाल सरकारद्धारा २०८० जेठ १५ गते जारी गरिएका राजपत्रमा प्रकाशित यात्रुले आफ्नो समान ल्याउन र लैजान पाउने निजि प्रयोग भइरहेका समानहरुको हकमा भारत बाट नेपाल प्रवेश यात्रुले समान लिन एक सय रुपैयाको भन्सार तिर्नु पर्ने सुठौली भन्सार कार्यालय श्रोतबाट बुझिएको छ ।
एक सय भन्दा बढी मुल्य भएको मालसमाहरुको सुठौली भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य रुपमा जचपास गराए मात्र लैजानु पर्ने भन्सार कार्यालयले जनाए । उक्त समान भन्सार कार्यालयबाट लगेको पाइएमा भन्सार ऐन २०६४ बमोजिनको चोरी पैठारी कसुरमा कारवाही गरिने सूचना मार्फत जनाएको छ ।
भन्सार कार्यालयको उक्त हर्कबाट सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण जनताहरु भारतीय बजारमा निर्भर रहेको अवस्थामा उनीहरुलाई निकै सास्ती खेप्नु परेको पिडितहरुले बताएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन