सन्धिखर्कमा पत्रकार विसी माथि आक्रमण

तराई टप संवाददाता
रौतहट, १४ असार । अर्घाखाँची जिल्लामा पत्रकार लक्ष्मण विसीमाथि साँघातिक आक्रमण भएको छ ।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका वडा नम्वर ९ को बजेट विनियोजन कार्यक्रम रहेको हुँदा तपाई जहाँ भएपनि छिटो आउन पत्रकार विसीलाई खवर गरियो । पत्रकार विसी वडा नम्वर ९ तर्फ जानेक्रममै उनीमाथि साँघातिक आक्रमण भएको हो ।
पत्रकार बिसिलाई कार्यक्रमको बहानामा फोन गरेर बोलाउने बलराम राईमाझीको समुहले बिहान ११ः२० बजे बिचबाटोमा आक्रमण गरेको बताइएको छ । बिसिमाथि आक्रमण गर्ने उक्त समुहले मोबाइल, क्यामेरा र माईक कब्जा गरेर फरार भएका छन् । पत्रकार बिसिको अबस्था बुझ्न नवलपुर टुडेका पाल्पा संबाददाताले अर्घाखाँची प्रहरी कार्यालयमा फोन सम्पर्क गर्दा बिसिलाई सुरक्षीत साथ सन्धिखर्क –९ अर्घा प्रहरी चौकीमा राखेको जानकारी दिएको छ । आक्रमणकारी बलराम राईमाझी समुहको प्रहरीले खोजी कार्य जारी रहेको जनाइएको छ ।