कार्यवाह मुख्यमन्त्री कृष्णप्रसाद यादवले आठै जिल्लाको जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराए

रौतहट, १३ असार । मधेस प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवले जन्मको आधारमा नागरिकता दिने बाटो खुलेपछि विचौलियाबाट सचेत रहेर प्रदेश भित्रका सबै जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराए ।
कार्यवाहक मुख्यमन्त्री यादवले प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता नपाई लामो समय देखि पिडा एवं सास्ती खेप्दै आएका व्यक्तिका सन्तानले जन्मको आधारमा हाल वंशज नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिरहेकोमा सोको लागि मधेस प्रदेश सरकार खुशि प्रकट गरेको हो ।
जन्मको आधारमा उनीहरुको सन्तानले पाउनु पर्ने नेपाली नागरिकताको प्रमाण पत्र सहज र सरल ढंगबाट विना कुनै झन्झटिलो तरिकाले नागरिकता दिने कार्य व्यवस्थित बनाउन मधेस प्रदेश सरकार प्रदेशका सवै जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।