पाँच स्थानीय तहमा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएन

   १३ असार २०८०, बुधबार १७:०१  

रौतहट, १३ असार । स्थानीय तह शासन ऐन अनुरुप आउदो बर्षको नीति, कार्यक्रम तथा योजना छनौट गर्न तोकिएको समय सिमा भित्र रौतहटको पाँच वटा पालिकाले अधिवेशन गर्न सकेनन् ।
आन्तरिक विवाद एवं अन्य कारणबस असार १० भित्र नगरअधिवेशन तथा गाउँ अधिवेशन गर्न नसकेका पालिका मध्ये माधवनारायण, गढीमाई र फतुवा विजयपुर नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाले असार १३ गते भईसक्दा पनि अधिवेशन गर्न सकेनन् ।
स्थानीय तह शासन व्यवस्था ऐनमा असार १० भित्रमा नीति तथा कार्यक्रमहरु पेश गरेर योजनाहरु छनौट गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ तर उक्त रौतहटमा रहेका १८ स्थानीय तह मध्ये पाँच वटाले नीति तथा कार्यक्रम ल्याउन असफल भए । त्यसका विविध कारणहरु रहेका छन् । जनप्रतिनिधि विच आपसी तालमेलको अभाव, आन्तरिक भागबण्डा, तथा विभिन्न कारण बस उक्त पालिकाहरुको अधिवेशन हुन सकेका छैनन् ।
बाँकी रहेका पालिकाहरुले असार भित्र मै अधिवेश गरेर नीति तथा कार्यक्रमहरु पारित गराइसक्ने जनाएको छ ।
१८ स्थानीय तह मध्ये सबैभन्दा पहिलो राजदेवी नगरपालिकाले असार ७ गते अधिवेशन गरेर आफना नीति कार्यक्रम र योजनाहरु पारित गरिसकेको राजदेवीका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिए ।
गौर, मौलापुर, इशनाथ, चन्द्रपुर, वृन्दावन, गुजरा, देवाही गोनाही, बौधीमाई, राजपुर, परोहा, गरुडा नगरपालिकामा असार १० गते नगरअधिवेशन सम्पन्न भईसकेको छ भने असार ११ गते कटहरिया नगरपालिकाले पनि नगरअधिवेशन गराइसकेको बुझिएका छन् ।
नगरअधिवेश सम्पन्न भएका गरुडा नगरपालिकामा उपमेयर सहित बहुसंख्यक वडाध्यक्ष र वडा सदस्यहरु मेयर कन्थमुणी जयसवालको मनोपोलीका कारण अधिवेशन बहिष्कार गरेर अधिवेशनको औचित्यता माथि प्रश्न चिन्ह खडा गर्दै उपमेयर पुनम चौधरीको नेतृत्वमा नगरपालिकामा तालाबन्दी गरेर अधिवेशन पार्दर्शी एवं समावेशिता रुपमा गराउनुपर्ने माग गर्दै आएकी छिन् ।
सामान्य रुपमा विवाद हरेक पालिकाहरुमा भएपनि समयमै १२ वटा स्थानीय तह रौतहटमा आफना अगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम ल्याउन सफल भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै