पाकिस्तानमा एकै परिवारका ९ जनालाई गोली हानी हत्या

   १४ असार २०८०, बिहीबार ०८:१२  

इशलामावाद, एजेन्सी । हत्या, हिंसा सहित आतंकवादलाई पनाहगारको रुपमा प्रख्यात रहेका पाकिस्तानका जनताहरु निकै अशुरक्षित बन्दै गएका छन् ।
पाकिस्तानको खैवर पख्तुनख्वा प्रान्तमा बुधवार एकै परिवारका ९ जनाको गोली हानेर हत्या गरेपछि पाकिस्तानमा आम नागरिकको अवस्था कति नाजुक रहेको दर्शाएका हुन् ।
वैवाहिक विषयलाई चलाइएको अन्धाधुन्ध गोलीबाट एकै परिवारका तीन महिला र ६ पुरुष सहित ९ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । उनीहरु घरमा सुतेकै अवस्थामा घरभित्र पसेपछि आफन्तले गोली हानेर हत्या गरेको थियो । हत्याको पछाडि वैवाहिक विवाद रहेको प्रहरीले जनाएको छ ।
पाकिस्तानका शासकहरु अन्य देशमा आतंकबादलाई बढावा दिइरहने कार्यबाट अहिले आफै आतंकबाद, हत्या हिंसाको चरम शिकार पाकिस्तान बनेको छ । आर्थिक अवस्था चरमराउदै गएको छ भने महगीले सीमा नाघेको छ । एजेन्सी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै