बकर ईद अघि कराँचीमा एटीएमहरु रित्तो हुँदा पाकिस्तानी नागरिकहरुलाई विचल्लीमा

   १४ असार २०८०, बिहीबार ०८:२३  

कराँची (पाकिस्तान), एजेन्सी । मुस्लिमहरुको महान पर्व बकर इद को पूर्व सन्ध्यामा एटीएमबाट रकम झिक्न जाँदा एटीएम नै रित्तो भएपछि पाकिस्तान कराँचीका नागरिकहरु विचल्लीमा परेका हुन् ।
पाकिस्तानको कराँचीका बासिन्दाहरूले इद अल–अधाको अघि एटीएमहरूमा नगद सकिए पछि नगद सङ्कटको सामना गर्नु परेको, जियो न्यूजले रिपोर्ट गरेका हुन् ।
ईद अगाडि नै एटीएम सेवा घटेको ग्राहकहरुले गुनासो गरेका छन् । “यो सामान्यतया हुन्छ जब मानिसहरूले बलिको लागि जनावरहरू किन्नको लागि ठूलो मात्रामा नगद निकाल्छन्,“ रिपोर्टले भन्यो । त्यसै पाकिस्तान चरम आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा बैंकको एटीएमहरुमा नगद अभाव हुँदा सोको सम्पूर्ण मार पाकिस्तानी नागरिकहरुलाई झेल्नु परेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै