75
Shares
रौतहट, १४ असार । इस्लाम धर्माबलम्बिहरको महान पर्व बकर इद आज देशभरी मनाइदैछ ।
नेपाल सरकारले यस पर्वको अवसरमा आज अर्थात विहिवार देशभरी सार्वजनिक विदा दिएका हुन् । आज विहानै देखि जिल्ला भरीका मस्जिदहरुमा भेला भएर आफना रितीरिवाज अनुसार अजान पढेर एकआपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरेर भव्यताका साथ पर्व मनाइदैछ ।
यसैअबसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दहालले इद–उल–अज्हा (बकर इद) पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिए।
यसैपर्वको अवसरमा तराई टप अनलाइनले पनि धार्मिक सहिष्णुता र सदभाव कायम राख्दै हषौंैउल्लासका साथ पर्व मनाउन शुभकामना दिए ।