उपहारमा पाएको एम्बुलेन्सको चरम दुरुपयोग, कारवाहीको माग

   १५ असार २०७८, मंगलवार ०९:१५  

तराई टप संवाददाता
रौतहट, १५ असार । भारतीय सरकारले उपहार स्वरुप उपलब्ध गराएको एम्बुलेन्सको व्यापक दुरुपयोग भईरहेको छ ।
नेपाल ग्रामिण दलित संघ मधुवन गोठ ३ सर्लाहीलाई भारत सरकारले उपलब्ध गराएको एम्बुलेन्स त्यहाँको जनताहरुलाई सेवाबाट विमुख गराई आर्थिक प्रलोभनमा परी सो उक्त एम्बुलेन्सलाई स्वास्थ्य कार्यालय रौतहटको वरिपरी राखेर संचालन गराई व्यापक आर्थिक दुरुपयोग गरिरहेको आरोप लागेको हो ।
नेपाल ग्रामिण दलित संघले एम्बुलेन्स संचालनको लागि गौर अस्पतालमा २०७६ भदौ २० गते दिएको निवेदन उपर जाँचबुझ गरी एम्बुलेन्स संचालन समितिमा पेश हुँदा एम्बुलेन्स संचालन निर्देशिका २०७३ को दफा ३ को उपदफा ३ बमोजिम २०७६ साउन ३२ को निर्णय अनुसार “ग” वर्गको एम्बुलेन्स संचालन गर्न एक बर्षको लागि अनुमती दिएको कागजातबाट प्रष्ट हुन्छ ।
त्यती मात्रै नभई एक बर्षको अनुमती दिएर आय व्ययको लेखापरिक्षण गराएको रिपोर्टको आधारमा संचालन अनुमतीको नविकरण गरिने तत्कालिन निमित्त प्रमुख महेश साहको हस्ताक्षरबाट एक बर्षको अनुमती दिइएको देखिन्छ ।
उक्त एम्बुलेन्सको नविकरण नभएको, गत बर्षको आयव्ययको प्रतिवेदन नबुझाएको तर निर्वाध रुपमा गौर अस्पतालबाट एम्बुलेन्स संचालन भईरहेको आरोप अर्को एम्बुलेन्स चालकले आरोप लगाए । ग्रामिण भेगको जनताहरुलाई अकस्मात विरामी पर्दा चाँडै सुविधा सम्पन्न स्थानमा पुर्याउनको लागि दलित संस्थाको नाममा एम्बुलेन्स भारतीय सरकारले एम्बुलेन्स उपलब्ध गराएको तर सोको चरम दुरुपयोग भईरहदा रौतहट र सर्लाही जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण हुने नितान्त आवश्यक भएको ति एम्बुलेन्स चालकहरुले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै