राहुल गान्धीको काफिलालाई हिंसाग्रस्त मणिपुरको विष्णुपुरमा प्रहरीले रोके

70 Shares

मणिपुर प्रहरीले हिंसाको डरले राहुल गान्धीको यात्रालाई रोकेको बताएको छ । कांग्रेस पार्टीले केन्द्रीय र राज्य सरकारहरूले वरिष्ठ नेता गान्धीको भ्रमणलाई विफल पार्न “तानाशाही विधिहरु” अपनाएको गम्भीर आरोप लगाए ।

 

 

इम्फाल, एजेन्सी, १४ असार । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई काफिलालाई मणिपुरको विष्णुपुरमा प्रहरीले रोकेका छन् ।
प्रहरीले उनको काफिलालाई रोकेर राखेको थियो । भाजपा नेतृत्वको सरकारले नेताको दुई दिने द्वन्द्वग्रस्त मणिपुर भ्रमणलाई विफल पार्न खोजेको भारतीय काँग्रेस पार्टीले आरोप लगाएका हुन् ।
त्यस क्षेत्रका राहत शिविरहरू हेर्न चुराचन्दपुर तर्फ जाँदै गरेको गान्धीको काफिलेलाई राज्यको राजधानीबाट करिब २० किलोमिटर टाढा विष्णुपुरमा प्रहरीले रोकेको थियो । उनी अघिल्लो दिन उत्तरपूर्वी राज्य जातीय द्वन्द्वको राजधानी इम्फालमा अवतरण गरेका थिए ।
सडकमा हिंसा भड्किएपछि गाडी रोकिएको प्रहरीले जनाएको छ । “सुरक्षा खतरा छ । हामी राहुल गान्धीलाई अगाडि बढ्न अनुमति दिएर जोखिम लिन सक्दैनौं, “एक वरिष्ठ प्रहरी अधिकारीको भनाईलाई उढृत गर्दै द हिन्दुले समाचार प्रकाशित गरेका छन् ।
यद्यपि कांग्रेसले आरोप लगायो कि केन्द्र र राज्यका बीजेपी सरकारहरूले गान्धीको भ्रमणलाई रोक्न “तानाशाही विधि” अपनाएको छ ।
“डबल–इन्जिन विनाशकारी सरकारहरूले राहुल गान्धीको दयालु आउटरीचलाई रोक्न निरंकुश विधिहरू प्रयोग गरिरहेका छन् । यो पूर्णतया अस्वीकार्य छ र सबै संवैधानिक र लोकतान्त्रिक मान्यताहरू चकनाचूर गर्दछ, “कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले ट्वीट गरेर भनेका छन् ।
पार्टीका राज्य अध्यक्ष केशम मेघचन्द्रले आरोप लगाए कि नेता गान्धीको काफिलालाई रोक्न आदेश मुख्यमन्त्री एन बिरेन सिंहबाट आएको हो किनभने “सबैले उहाँलाई स्वागत गरिरहेका थिए” ।
विष्णुपुर जिल्लाको उत्लौ गाउँ नजिकै राजमार्गमा टायर बालेको र काफिला माथि केही ढुंगा प्रहार गरिएको प्रहरी स्रोतले जनाएको छ । “हामीलाई त्यस्ता घटनाहरू दोहोरिने डर छ र त्यसैले सावधानीको रूपमा, काफिलालाई विष्णुपुरमा रोक्न अनुरोध गरिएको छ,” एक प्रहरी अधिकारीले पीटीआईलाई भने ।
उत्तरपूर्वी राज्यमा मेइतेई र कुकी समुदायबीच भएको जातीय हिंसामा हालसम्म १०० भन्दा बढीको ज्यान गएको छ । मेइती समुदायले अनुसूचित जनजाति (एसटी) को दर्जा दिनुपर्ने मागको विरोधमा पहाडी जिल्लामा गत वैशाख ३ गते ‘आदिवासी एकता मार्च’ निकालेपछि पहिलो पटक झडप भएको थियो ।
मइटिस मणिपुरको जनसंख्याको लगभग ५३ % हो र अधिकतर इम्फाल उपत्यकामा बस्छन् । जनजाति – नागा र कुकीहरू – जनसंख्याको ४० % छन् र पहाडी जिल्लाहरूमा बसोबास गर्छन् । श्रोत द हिन्दु

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।