भारतबाट अब कैलाश पर्वतको दर्शन गर्न सकिन्छ, ५० किलोमिटर टाढाको पवित्र पर्वत उत्तराखण्डबाट राम्ररी देख्न सकिन्छ, तिब्बत जानु पर्दैन

109 Shares
कैलाश पर्वतको नयाँ रुपबाट दर्शन मार्ग स्थानीय गाउँलेहरुले पत्ता लगाएका छन् । गाउँलेले दिएको जानकारीको आधारमा भारतीय अधिकारी र विज्ञको टोली पुगेर सडकको नक्सा, मानिसको बस्ने व्यवस्थापन, दर्शन स्थल सम्म पुग्ने बाटो लगायत अन्य व्यवस्थाको सर्वेक्षण गरेको थियो ।
नयाँ दिल्ली, १४ असार । दैनिक भास्कर— भगवान शंकर (शिव) को घर मानिने कैलाश पर्वत अहिले भारतबाट मात्रै देख्न सकिने भएको छ । कैलाश पर्वतलाई देख्न अब चीनको स्वशासित राज्य तिब्बत जानु पर्दैनन भने रिपोर्टलाई दैनिक भाष्करले प्रमुखताका साथ अनलाइन संस्करणमा स्थान दिएका छन् ।
त्यसका लागि भारतको देवभुमीको रुपमा प्रख्यात रहेका उत्तराखण्डको पिथौरागढ जिल्लाको १८ हजार फिट अग्लो लिपुलेक पहाडबाट कैलाश पर्वत प्रष्ट रुपमा देखिन्छ । यहाँबाट हिमालको हवाई दूरी ५० किलोमिटर रहेका जनाइएका हुन् ।
कैलाश पर्वतको नयाँ रुपबाट दर्शन मार्ग स्थानीय गाउँलेहरुले पत्ता लगाएका छन् । गाउँलेले दिएको जानकारीको आधारमा भारतीय अधिकारी र विज्ञको टोली पुगेर सडकको नक्सा, मानिसको बस्ने व्यवस्थापन, दर्शन स्थल सम्म पुग्ने बाटो लगायत अन्य व्यवस्थाको सर्वेक्षण गरेको थियो ।
सोही अवस्थाको जानकारी लिएर उक्त टोलीले पर्यटन मन्त्रालयमा प्रतिवेदन बुझाउने छन् । त्यसपछि यो नयाँ दर्शन बिन्दुमा काम सुरु हुने जनाइएको छ । विज्ञ टोलीमा आएकी कृति चन्दले लिपुलेकको पहाड जहाँबाट देखिने पहाड नाभिडङ भन्दा २ किलोमिटर माथि रहेको बताइन् ।
त्यहाँबाट ४–५ दिनको यात्रा गरेर कैलाश हिमालको दर्शन गर्न सकिन्छ । भक्तजनहरु सडकबाट धार्चुला र बुढी हुँदै नाभिडाङ पुग्नु पर्नेछ । यसपछि दुई किलोमिटरको आरोहण पैदल यात्रा गर्नुपर्नेछ ।
२ किलोमिटर आरोहणका लागि बाटो बनाउनु पर्छ
पुरानो लिपुलेक पुग्न २ किलोमिटर चढ्नुपर्छ, जुन सजिलो नभएको पर्यटन विभागले जनाएको छ । त्यहाँसम्म पुग्न बाटो पनि बनाउन सकिन्छ । स्नो स्कुटरको सहायताले भक्तजनलाई पहाडको चुचुरोमा पनि दर्शन गर्न लैजान सकिन्छ ।
लिम्पियाधुरा चुचुरोबाट पनि हेर्न सकिन्छ
पिथौरागढकै जेओलिङ्काङ भन्दा २५ किलोमिटर माथि रहेको लिम्पियाधुरा चुचुरोबाट कैलाश हिमाल देख्न सकिने स्थानीय बासिन्दाको पनि दाबी छ ।
लिम्पियाधुरा शिखर नजिकै ओम पर्वत, आदि कैलाश र पार्वती सरोवर रहेका छन् । त्यहाँबाट कैलाश हिमाल देखेपछि यस क्षेत्रमा धार्मिक पर्यटनको दायरा बढ्ने विश्वास गरिएको छ ।
कैलाश मानसरोवर यात्रा २०१९ देखि बन्द छ
कैलाश मानसरोवर यात्रा सन् २०१९ मा भएको थियो । त्यसपछि पहिले कोरोना र त्यसपछि भारी हिमपातका कारण यात्रा रोकिएका छन् ।
अब यात्रा गर्न २ देखि ३ हप्ता लाग्छ
कैलाश यात्रा ३ वटा विभिन्न राजमार्गबाट गरिन्छ । पहिलो– लिपुलेक दर्रा (उत्तराखण्ड), दोस्रो– नाथु दर्रा (सिकिम) र तेस्रो– काठमाडौं यी तीन मार्गहरूमा न्यूनतम १४ र अधिकतम २१ दिन लाग्छ । सन् २०१९ मा ३१ हजार भारतीय तीर्थयात्रामा गएका थिए ।
कैलाशको परिक्रमा ५२ किमी
कैलाश पर्वत शृङ्खला कश्मीर देखि भुटानसम्म फैलिएको छ । यो पहाड ल्हा चु र झोङ चुको बीचमा अवस्थित रहेका छन् । यहाँ दुई जोडिएका चुचुराहरू पनि छन् । यसबाट उत्तरी शिखरलाई कैलाश भनिन्छ । यस चुचुरोको आकार विशाल शिवलिङ्ग जस्तो छ ।
हिन्दू धर्ममा यसको परिक्रमाको ठूलो महत्व छ । परिक्रमा ५२ किमी छ । तिब्बतका मानिसहरूले यस पहाडको ३ वा १३ परिक्रमा गर्नुपर्छ भन्ने विश्वास गर्छन् । एकै समयमा, तिब्बतका धेरै तीर्थयात्रीहरूले नमन गर्दै परिक्रमा पूरा गर्छन् ।
एउटा परिक्रमाले एक जन्मको पाप धुन्छ भने दस परिक्रमाले धेरै अवतारका पाप धुने विश्वास गर्छन् । १०८ परिक्रमा पूरा गर्नेले जन्म र मृत्युबाट मुक्ति पाउँछ ।
भारतको हिस्सा, तर अहिले चीनले कब्जा गरेको छ
सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा चीनले भारतको कैलाश र मानसरोवर कब्जा गरेको थियो । अब त्यहाँ पुग्न चिनियाँ पर्यटक भिसा लिनुपर्छ । जसका कारण कैलाश जान सहज छैन । आईटीबीपीका जवान र चिनियाँ सैनिकको पचास प्रकारको जाँचपछि मानसरोवर पुगेका छन् ।
कैलाश मानसरोवर यात्रा दुई देखि तीन हप्ता सम्म रहन्छ । श्रोत, दैनिक भाष्कर

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।