सस्तो भएका घरायसी सामानहरूको सरकारद्धारा सूची जारी

   १५ असार २०८०, शुक्रबार १४:२८  

नयाँ दिल्ली, एजेन्सी । भारतमा जीएसटी लागु भएपछि सरकारले घरायसी सामानहरुको मूल्य सुची जारी गरेको छ ।
केन्द्रले जीएसटी लागू भएपछि सस्तो हुने घरायसी वस्तुहरूको सूची साझा गरेको हो । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले भनिन्, “६ वर्षअघि लागू भएको जीएसटीले नागरिकहरूमा करको बोझ कम गर्न यसले मद्दत गरेको छ” ।
फ्रिज, मसला, मोबाइल फोन, सौन्दर्य प्रसाधन, चामल, गहुँ, फर्निचर, कपालको तेल, साबुन लगायतका सामानहरुमा कर घटाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै