केही मुठीभर सम्भ्रान्तहरुले मात्रै बैंकबाट ऋण पाउदै आएकोः आजपा अध्यक्ष प्रभु साह

   १७ असार २०८०, आईतवार १५:३२  

रौतहट, १७ असार । आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्रीं प्रभु साहले प्रतिनिधि सभामा बोल्दै केही मुठीभर सम्भ्रान्तहरुले मात्र बैंकहरुबाट ऋण पाउदै आएको टिप्पणी गरे ।
बैंकहरुबाट ऋण नपाएपछि आम नागरिकहरु मिटरव्याजीहरुको शरणमा गएर ऋण लिनुपर्ने बाध्यता रहेको र त्यही ऋणको कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको बताएको हो ।
आइतबार प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले गरीबहरुले पनि बैंकहरुबाट ऋण लिन पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।
‘सिरहाको एउटा बैंक, लहानको एउटा बैंक, जहाँ त्यहीँका दाजुभाइले पैसा राखेका छन् । त्यहाँ आफ्नै भाइले पैसा निकाल्न खोज्यो भने पाउँदैन । उसले निक्षेप पूँँजी १० करोड राखेको छ भने त्यो निकाल्ने अधिकार त उसले पाउँछ नि । १० करोड त उसैको गाउँको पैसा हो । त्यो पैसा काठमाडौंमा ल्याएर आफ्ना निजी स्वार्थ पूर्ति गर्ने । आम जनताका ऋणबिना तड्पेर ठगिनुपर्ने’ सांसद साहले भने ।
बैंकहरु निक्षेप बढ्यो भनेर खुशी भएको तर जुन ठाउँको निक्षेप हो त्यहीँ परिचालन नगरेको उनले बताए ।
‘निक्षेप पूँँजी बढ्यो बैंकरहरु खुशी छन । तर त्यो निक्षेप पूँजीको भाग जनताले पाउनु पर्छ कि पर्दैन ? जनताले त्यहाँ त्यो ऋण पाउने अधिकार राख्छ कि राख्दैन ? मुठीभर मान्छेले पाउने तर आम जनता निरीह भएर, लाचार भएर ठगिनुपर्न, त्यो परिवेशलाई पनि ध्यानमा राखेर गरिनुपथ्र्याे’ उनले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै