अमेरिकाको लागि चीन सबैभन्दा ठूलो खतराः निक्की हेली

   १९ असार २०८०, मंगलवार १५:३३  

वासिंगटन, एजेन्सी । अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार रहेकी निक्की हेलीले अमेरिकाको सबैभन्दा ठूलो शत्रु चीन रहेको हुँदा त्यसैबाट ठूलो खतरा रहेकी बताएकी छिन् ।
भारतीय–अमेरिकी रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वार निक्की हेलीले दोस्रो विश्वयुद्ध पछि चीन अमेरिकाका लागि सबैभन्दा ठूलो शत्रु र खतरा भएको बताएकी हुन् ।
“कम्युनिष्ट शासन चीन अमेरिकी सुरक्षा र समृद्धिको लागि सबैभन्दा ठूलो खतरा रहेको हो,” उनले भनिन् । “राष्ट्रपतिको हैसियतमा मेरो उच्च प्राथमिकता अमेरिकाको अर्थतन्त्र र…सैनिक शक्तिलाई बलियो बनाउने हो । हामी अमेरिकाको समृद्धि र मातृभूमिलाई चिनियाँ आक्रमणबाट जोगाउने छौं,” उनले थपिन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै