पाकिस्तानको पेशावरमा अपराधिक घटनामा ह्वातै वृद्धि

   असार १९, २०८०  
71 Shares

इशलामाबाद, एजेन्सी । पाकिस्तानको पेशावर सहरमा सन् २०२३ को पहिलो पाँच महिनामा आपराधिक घटनामा १३६ प्रतिशतले वृद्धि  भएको पाइएको छ ।

प्रहरीको प्रतिवेदनलाई उद्धृत गर्दै अफगान डायस्पोरा नेटवर्कले जनाएअनुसार अघिल्लो वर्षको तुलनामा पेशावरमा आपराधिक घटनामा १३६ प्रतिशतले वृद्धि भएको हो ।

समाचारमा जनाइएअनुसार पेशावरमा हत्याका घटनामा उल्लेखनीय वृद्धि भएको छ । समाचारमा जनाइएअनुसार यस अवधिमा २३२ जनाको हत्या भएको छ । त्यसैगरी, पेशावरमा यस अवधिमा ३६० वटा हत्या प्रयासका घटना भएका छन् । डकैती र बलात्कारका घटना पनि पेशावरमा ह्वात्तै बढेको छ ।

यससँगै पेशावरका नगरबासी असुरक्षित महसुस गरिरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

फितलो कानून कार्यान्वयन, भ्रष्टाचार, उच्च मुद्रास्फीति, लागूऔषध दुव्र्यसनजस्ता कारणले पेशावरमा अपराधका घटना बढ्दै गएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै