रौतहट, १९ असार । विभिन्न उपकरणको प्रयोग गरेर करेन्ट प्रवाह भईरहेको वायरहरु काटेर ट्रान्समिटर चोरी गर्ने गिरोह रौतहट प्रहरीको फन्दामा परेका छन् ।
रौतहटको विभिन्न स्थानहरुमा रहेका विद्युतिय करेन्ट प्रवाह भईरहेका वायरहरु विभिन्न उपकरणहरुको सहायताले काटेर ट्रान्समिटर चोर्ने गिरोहका चार जनालाई रौतहट प्रहरीले रंगेहात पक्राउ गर्न सफल भएका हुन् ।
जिल्लाका विभिन्न स्थानमा रहेको विद्युतको पोलमा चढेर ट्रान्सफर्मर लगायत सामान चोरीमा संलग्न गरुडा नगरपालिका वडा नम्वर ६ पोठियाही गाउँका ४२ बर्षिय अशोक साह, कटहरीया नगरपालिका १ भसेढवा का ४६ बर्षिय रामलाल महतो, बर्ष ३६ को बिरेन्द्र राय र बर्ष ३७ को सुखल महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
चोरी जस्ता आपराधिक पृष्टभूमी भएका व्यक्तिहरुले बिभिन्न मितिहरुमा बिद्युतमा जडान रहेकै अवस्थामा बिभिन्न उपकरणहरुको सहायताले पोलबाटै तार काटी ट्रान्सफर्मरहरु खोली भित्र रहेका तामाका बिभिन्न किसिमका वायरहरु लगायत बहुमूल्य उपकरणहरु चोरी गर्ने गरेको तथा जिल्लामा पटक–पटक एकै प्रकृतीका घटनाहरु दोहोरिदै आएको पछि रौतहट प्रहरी सक्रियता देखाउदै उक्त गिरोहलाइ पक्राउ गरेर पर्दाफास गरेको रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले जानकारी दिए ।
चोरी गर्नेहरुको खोजी गर्दा असार १७ गते गरुडा नपा.४ बस्ने लक्ष्मी प्रसाद चौधरीले संचालन गरेको कवाड गोदामबाट ट्रान्फर्मरको तार लगायतका समानहरु बरामद भएपछि प्रहरीको सुक्ष्म अनुसन्धानको आधारमा उक्त चोर गिरोहलाई नियन्त्रणमा लिएको उनले भने ।
पक्राउ परेका आरोपिहरुलाई रौतहट जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको तथा घटनामा संलग्न केही फरार रहेकाहरुको तदारुकताका साथ खोजी भईरहेको एसपी मगरले बताए ।
पक्राउ परेकाहरुबाट स्प्रिङ जस्तो बटारिएको अवस्थामा तामाको चुडी –१५ थानको १ सय ७५ किलो ७ सय ग्राम, बिभिन्न आकारको तामाको क्वाईल रोल १५ थान १ सय २९ केलो ३ सय ग्राम, खुल्ला तामाको तार ७१ किलो र बा.८२ प १२६३ नंम्वर.को स्कुटर र आइफोन १ थान, रामलाल महतोको बा.२६ प ७९५२ नंम्वरको मोटरसाइकल र लाभा कम्पनिको मोवाईल, सुखल महतोको साथबाट बिआर ३० जे २१९६ नम्वरको मोटरसाइकल र मोवाईल, बिरेन्द्र रायको साथबाट कलर्स कम्पनिको मोवाईल १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन