गुल्सन झा र सन्दीप लामिछाने विच भएको साझेदारीबाट आयरल्याण्ड सामु २६९ को लक्ष्य

हरारे, १९ असार । आईसीसी विश्वकप छनौट प्रतियोगितामा सातौं स्थानका लागि मंगलवार भईरहेको खेलमा नेपालले आयरल्याण्ड सामु २६९ रनको चुनौती पेश गरेको छ ।
अलराउण्डर गुल्सन झा र स्पीनका जादुगर सन्दीप लामिछानेले आठौं विकेटको लागि ८० रनको महत्वपूर्ण योग्यदानको कारण नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २६८ रनको स्कोटर सम्म पुग्न नेपाल सफल भएको हो ।
हरारेकोे ताकाशिङगा स्पोर्ट्स क्लबमा टस हारेर पहिलो ब्याटिङको लागि निम्तो पाएपछि निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाउन सफल भए ।
झाले सर्वाधिक ५७ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यससँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो अर्धशतक पूरा गरेका हुन् । सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए ।
ओपनर अर्जुन साउदले ४८ रन बनाए । उनले ८४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेल क्रेग योङ्गको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए । ज्ञानेन्द्र मल्ल ७ रन क्याच भए । त्यसपछि आएका कप्तान रोहित पौडेलले ३५ बल खेल्दै २ चौका र १ छक्का सहित २९ रन जोड्दै विकेटकिपरको हातबाट क्याच भए । भीम सार्कीले २०, कुशल मल्लले ३० बल खेल्दै ५ चौका र २ छक्का सहित ४४ रन जोडे ।
सातौं स्थानको सेमिफाइनल खेलमा उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरी खाता नै नखोली एन्डी म्याकब्राइनको बलमा एलबीडब्ल्यू आउट भए । करण केसी ३ बलमा १ चौका सहित ४ रनमै क्याच आउट भए । अन्तिम ब्याट्सम्यानको रुपमा आएका किशोर महतो १ रनमा अविजित रहे ।
आयरल्याण्डका लागि ब्यारी म्याकार्थी, क्रेग गोङ्गे, मार्क एडरले समान २÷२ विकेट लिए । ग्रेथ डिलाने, एन्डी म्याकब्राइन, कार्टिस क्याम्फरले १÷१ विकेट लिए । एजेन्सी ।