प्रनानी मदनप्रसाद यादवको गोरखधन्धा, अबैध कमाई भारतीय बैंकमा जम्मा गरेको खुलाशा

95 Shares

 

रौतहट, २० असार । विना श्रोत एवं अबैध रुपमा भारतीय बैंकमा रकम जम्मा गर्न लगाएको गम्भीर आरोप रौतहटको सीमावर्ती क्षेत्र बन्जरहा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक मदन प्रसाद यादव माथि लागेको छ ।
दुई दिन अघि जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा इशनाथ नगरपालिका वडा नम्वर १ बन्जरहाका ओमप्रकाश साह, उमेश प्रसाद तथा भारत फुलबरिया ढाकाको राजाबाबु कुमारले छुटाछुटै रुपमा बन्जरहा इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव निरीक्षक यादव विरुद्ध किटानी जाहेरी दर्ता गराएको हो ।
केही गाउँलेको विश्वास जितेर प्रनानी यादवले उजुरीकर्ताहरुको भारतमा रहेका आफन्तको बैंक खातामा बाहिर तथा नेपालमै कमाएको अबैध १४ लाख भारतीय रुपैया जम्मा गर्न लगाएपछि भारतीय बैंकको गम्भीर बनेको छ । भारतमा जस्को खातामा आएको उक्त रकम पनि अबैध रहेको हुँदा ति खाताधारीहरुको खाता रोक्का गरेर अनुसन्धान सुरु भएपछि उक्त अबैध कारोवारको रहस्य बाहिरिएका छन् ।
पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको उजुरीमा भारतको पूर्वी चम्पारण जिल्लाको फुलबरिया ढाकास्थित बस्ने ती भारतीय आफन्तहरुको बैंक खातामा अवैध रुपमा लाखौँ रुपैयाँ जम्मा भएपछि भारतीय बैंकले ती आफन्तहरुको खाता नै रोक लगाइदिएको छ । स्रोत नखुलेको अवैध रकम बैंक खातामा जम्मा हुन आएपछि सबैको खाता रोक्का गरेर अनुसन्धान सुरु भएका छन् ।
बैंकको खाता रोक्का भएपछि खाता सुचारु गराउन यता नेपालमा रहेका उनीहरुका आफन्त ओम प्रकाश साह र उमेश प्रसाद र राजाबाबु कुमारले आफन्तका बैंक खातामा अवैध रुपमा रकम जम्मा गर्ने नायब प्रहरी निरीक्षक यादवविरुद्ध उजुरी दिएपछि प्रनानी यादवको कर्तुत बाहिरिएको छ ।
ओम प्रकाश साह र उमेश प्रसाद र राजाबाबु कुमारले छुट्टाछुट्टै निवेदन दिई आफन्तको नाममा फुलबरिया ढाकामा रहेको एसबिआई बैंकको खातामा प्रहरी नायब निरीक्षक यादवले अबैध रकम जम्मा गरेको गम्भीर आरोप लगाए ।
यसरी बैंक खातामा रकम जम्मा भएपछि बैंकले खाता नै बन्द गरिदिएको भन्दै कारबाहीका लागि प्रनानि यादवलाई पक्राउ गरी कारबाही गर्न र खाता खुलाउने मार्ग प्रशस्त गरिदिन उनीहरुले निवेदनमा उल्लेख गरेका छन्
ओमप्रकाश साहले दिएको निवेदनमा नातेदार भाइ सुकरित कुमार चौधरीको नाममा रहेको खातामा प्रनानि यादवले ३ लाख ९६ हजार, मसरुफ आलम र जफिर आलम समेतको नाममा रहेको खातामा २ लाख ९८ हजार, जफिर आलमको खातामा ४ लाख रुपैयाँ पठाएको उल्लेख गरिएको छ ।
यस्तै उमेशप्रसादले दिएको निवेदनमा प्रनानि यादवले भारत स्थित आफन्तको खातामा रकम जम्मा गरेको उल्लेख गरेकाो छ । प्रनानि यादवले कमलेश पटेलको खातामा २ लाख र ललन प्रसादको खातामा पनि २ लाख रुपैयाँ पठाएको जम्मा गरेको उजुरीमा उल्लेख गरिएका छन् ।
भारतीय नागरिक बरेवा फुलबरियाका राजाबाबु कुमारले दिएको निवेदनमा प्रनानि यादवले ३ लाख रुपैयाँ आफ्नो खातामा जम्मा गरेको बताइएको छ । लामो समयदेखि विभिन्न भन्सार तथा प्रहरी युनिटमा इन्चार्ज रहँदै आएका प्रनानि यादवले तस्करीबाट हुने कमाइलाई आफन्तको नाममा जम्मा गर्दै आएको श्रोतले दाबी गरे ।
नेपालमा अवैध कमाइ पचाउन असजिलो हुने भएपछि भारतमा रहेका विभिन्न आफन्त तथा नजिकका विश्वासपात्रका नाममा रकम जम्मा गर्ने गरेको उक्त निवेदनबाट रहस्योद्घाटन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा प्रनानि यादवविरुद्ध लिखित निवेदन परेपछि छानबिन प्रक्रिया अगाडि बढिसकेको बताइएको छ ।
आरोपित प्रहरी नायव निरीक्षक मदन प्रसाद यादवलाई इलाका प्रहरी कार्यालय बन्जरहाको जिम्मेवारीबाट हटाएर जिल्ला प्रहरी कार्यालय गौरमा ल्याई आवश्यक अनुसन्धान भईरहेको छ । हामी यस्ता घटना प्रति सचेत भई अनुसन्धानको प्रक्रियामा लागेको रौतहट प्रहरीका एसपी विरबहाहदुर बुढा मगरले जानकारी दिए ।

सम्बन्धित समाचार