मोदी, पुटिन र सि बिच भर्चुअल वार्ता

62 Shares

सांघाई कर्पोरेशन अर्गनाइजेसन अन्तर्गतको कार्यक्रममा चिनिँया राष्ट्रपति सी जिनपिङ, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल वार्ता गरेका छन् ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहको बिद्रोहपछिको परिस्थितिबारे जानकारी गराउँदै युक्रेनको युद्धमा सहयोगको अपिल गरे । चीनमा राष्ट्रपति सी जिनपिङले हालै अमेरिका भ्रमण गरेका भारतीय प्रधानमन्त्री मोदी र भ्लादिमिर पुटिनसँग स्क्रिन सेयर गरेर अमेरिकाको शक्तिको राजनीति र आधिपत्य अन्त्यको दिन निकट रहेको सन्देश दिए । उता भारतीय प्रधानमन्त्री मोदीले भारत उदाउँदो शक्ति रहेको भन्दै आतंकवादविरुद्ध लड्नका लागि सहयोगको आह्वान गरे ।

सांघाई कर्पोरेशनको वार्षिक बैठकमा उपस्थित ती राष्ट्रका प्रमुखले कर्पोरेशनमा आउने परिवर्तनबारे कुनै सन्देश दिएनन् । सन् २००१ मा चीन र रूस मिलेर पाकिस्तान र मध्य एशियाका काजगस्तान, क्रिगिस्तान, ताजिकिस्तान र उज्बेकस्तानलाई समेत समेटेर कर्पोरेशन बनाइएको थियो ।  पश्चिमी प्रभावलाई चुनौती दिन गठन गरेको संस्थाको यस बैठकमा प्राथामिकतामा प्रतिस्पर्धात्मक स्थितिको छनक थियो ।

त्यहाँ चीन र भारतबीचको विवादका कुरा उठेन । चीन र भारत दुबैले पुटिनलाई सहयोग पुग्नेगरी कुनै वक्तव्यबाजी गरेनन् । समग्रमा उनीहरूको वार्ता आ-आफ्नो घरेलु विषयमा केन्द्रित भयो । ‘यी मुलुकमा समस्या छन् तर सबैकुरा सामान्यझैँ गरी उनीहरू प्रस्तुत भएका छन् । सांघाई कर्पोरेशन आवद्ध मुलुकमा कुनै पनि मतभिन्नता नरहेको सन्देश उनीहरूले दिन खोजे । रूसमा आन्तरिक समस्या भएपनि वा भारतले अमेरिकासँगको सम्बन्ध विस्तार गर्न खोजे पनि कर्पोरेशनमा आवद्ध मुलुकमा सबै सामान्य रहेकोझैँ गरी उनीहरूले संवाद गरे’, नेशनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक आयान चोङ भन्छन् ।

कर्पोरेशनमा पुटिनबाहेक अन्य दुई नेतालाई आफ्नो छवि बचाउनुपर्ने आवश्यकता थिएन । हालसालै क्रेमलिन नै हल्लिने गरी वागनर समूहले गरेको विद्रोहका कारण पुटिन दबाब र तनाव दुबैमा थिए । पुटिनले वागनर समुहका कमाण्डर यगभिनी  प्रिगोजिनलाई बेलारूस जान अनुमति दिएसँगै तत्कालका लागि रूसमा संकट टरेको छ । तर भविष्यमा के होला भन्ने संशय अझैपनि जीवितै छ ।

वागनर समूहको विद्रोहपछि अन्तर्राष्ट्रिय मञ्चमा पहिलोपटक बोलेका पुटिनले युक्रेन युद्ध र अन्य मामिलामा कर्पोरेशनका सदस्यले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । ‘मातृभूमिको रक्षाका लागि राजनीतिक तथा सामाजिक वृत्त एकजुट भएर सशस्त्र हमलालाई असफल बनायौँ,’ उनले भने ।

युक्रेनमा युद्धका लागि कर्पोरेशनमा रहेका मुलुकबाट आफूले थप सहयोग पाउने अपेक्षा पुटिनले राखेका छन् । यस मामिलामा पुटिनलाई सबैभन्दा धेरै सहयोग चीनले गरेको छ । चीनले कुटनीतिक र आर्थिक दुबै तरिकाले रूसलाई सहयोग गरेको छ । अमेरिकालाई चुनौती दिनका लागि पुटिन आवश्यकता रहेको ठानेर चीनले सहयोग जारी राखेको विज्ञहरू बताउँछन् ।

भर्चुअल वार्तालाई सीले अमेरिकी प्रभावलाई कम गर्ने उत्तम मौकाका रुपमा लिए । सम्मेलनलाई सम्बोधन गर्दै उनले अब कर्पोरेशनमार्फत विश्व शासनमा सुधार ल्याउने र चिनियाँ मोडको आधुनिकिकरणको विकास गर्ने बताए । सीको यस महत्वाकांक्षामा भारत कहाँ समावेश हुने हो भन्ने कुरा प्रतिक्षित छ । चीनको सबैभन्दा ठूलो रणनीतिक प्रतिस्पर्धी भारत कर्पोरेशनमा सन् २०१७ मा सामेल भएको थियो । भारतले यस संस्थालाई पश्चिमा, रुस चीनसँगको सम्बन्ध सन्तुलनमा राख्ने थलोका रूपमा लिएको छ ।

भारतले रूससँग स्थिर सम्बन्ध कायमै राखेको छ । युक्रेन हमलाको भारतले विरोध जनाएको छैन भने उसले रूससँग  आर्थिक कारोबार जारी राखेको छ । रूससँगको सम्बन्ध स्थिर रहेपनि भारत र चीनको सम्बन्ध भने चिसिँदो छ । सीमा विवादका कारण चीन र भारतको सम्बन्ध सुमधुर छैन । अझ भारत चीनविरूद्ध अमेरिकाले खडा गरेको क्वाड समूहमा समावेश भएपछि सम्बन्धमा थप असर पुगेको छ । अमेरिकाले मोदीलाई दिएको राजकीय सम्मानले पनि चीनलाई सशंकित बनाएको छ ।

चीन र भारतबीचको सम्बन्ध चिसिएपनि भारत सांघाइ कर्पोरेशनमा रणनीतिक हिसाबले बसिरहेको छ । अफगानिस्तानमा आफ्नो प्रभाव विस्तार र मध्ये एशियामा थप व्यापार विस्तारका लागि भारत कर्पोरेशनमा बसेको हो । त्यसैले, मोदीले कर्पोरेशनको बैठकमा भनेका छन्, ‘शान्ति स्थापना र प्रतिआतंकवादका लागि यो मञ्च निकै महत्वपूर्ण छ।’

मोदीले पाकिस्तानलाई लक्षित गर्दै यो अभिव्यक्ति दिएका हुन् । पाकिस्तानले भारतमा आक्रमणका लागि आतंकवादीलाई प्रायोजन गर्ने आरोप भारतले लगाउँदै आएको छ । ‘भारतले सांघाइ कर्पोरेशन छोड्दैन । कर्पोरेशन छोड्दा भारतले मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्न पाउँदैन भने शक्ति सन्तुलनका लागि पनि उसले यो मञ्च छोड्नेछैन’ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।