आयल निगम डिपो कार्यालय महेन्द्रनगरको गोरखधन्धा, पम्प संचालकहरु पीडित बन्दै

धनुषा, २१ असार । नेपाल आयल निगम लिमिटेडबाट विल अनुसार लोड गरेर पेट्रोलियम पदार्थ लिएर पम्पमा पुग्ने गरेका टैंकरबाट मक परिमाणमा इनधन आएको भन्दै संचालकले आयल निगम माथि गम्भीर आरोप लगाएका छन् ।
युआरडी ट्रेडर्स एण्ड सप्लायर्स अधिकृत विक्रेता लक्ष्मिनिया ६ धनुषाका संचालक उर्मिला कुमारीले आयल निगमको महेन्द्रनगर स्थित डिपो प्रमुखलाई उजुरी पत्र लेखेर यहाँ प्राप्त भएको मौजदात खरिद गरेको भन्दा कम आएको भन्दै उजुरी दिएका हुन् ।
असार ३ गते ८००८–८०००१५३७८ नम्वरको बिलबाट ना.७ ख. १५०६ बाट आएको पेट्रोलको टैंकरलाई जाँच गर्दा खरिद गरिएको मौजदात भन्दा १०० लिटर कम पाइएपछि आयल निगमको डिपो कार्यालयमा खवर गर्दा त्यहाँबाट पाँच जना कर्मचारी उक्त पम्पमा आएर चेकजाँच गर्दा १०० लिटर कम पाइएको पुष्टि आधिकारिक रुपमा भएपछिै टैंकर चालक संग भर्पाई गराएर घटी भएका इनधनको क्षतिपुर्ती दिने आयल निगम कर्मचारीको रोहवरमा भए तर अहिले सम्म क्षतिपुर्तीको कुरा परै जाओस उजुरी दर्ता गर्न समेत हुन सकेनन् ।
पेट्रोलियम पदार्थ जस्तो शम्बेदिनशिल विषयमा पटक पटक आयल निगमको डिपो कार्यालय महेन्द्रनगर धनुषाको ध्यानाकर्षण गराउदै आएपनि त्यहाँबाट कुनै सुनवाई नभएको डिपो संचालक उर्मिला देवीले गम्भीर आरोप लगाइन । यत्रो लगानी गर्ने त्यसमा पनि इनधनको मौजदात घटी आउने कार्यबाट धनुषाका अधिकाँश पेट्रोल पम्पका संचालकहरु घाटा बेहोर्दै पम्पहरु बन्द हुने अवस्थामा पुगेपनि निगमको खासै ध्यानाकर्षण गरेको छैनन् ।
आयल निगम भित्र टैंकरमा राखिने इनधन त्यहीबाट कम आउने गरेको भएपनि सम्बध निकायले ध्यान नदिएमा पम्पहरु छाडेर संचालकहरु विस्थापित हुने पर्ने अवस्था सृजना हुदै गएकोमा सम्बध निकाय गम्भीर भएर लाग्नुपर्ने पम्प संचालिका उर्मिला कुमारीले आग्रह गरिन ।