आम मुस्लिम मोर्चाको जनकपुरधाममा वृहद रयाली प्रदर्शन

65 Shares

जनकपुरधाम, २२ असार । आम जनता पार्टीको भातृ संगठन आम मस्लिम मोर्चाले विभिन्न मागहरु राख्दै जनकपुरधाममा वृहद रयाली प्रदर्शन गरेका छन् ।
आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मंसुरीको नेतृत्वमा विहिवार जनकपुरधाममा निकालिएको वृहद रयाली नगरभरी प्ररिक्रमा गर्दै मागहरु सरकार समक्ष प्रस्तुत गरेका हुन् ।
मदर्सा शिक्षाको लागि छुटै ऐन निर्माण तथा मदर्सा बोर्ड गठनको लागि प्रदर्शन गरिएको जनाइएको छ । मधेश सरकार समक्ष “मुस्लिम यूनिवर्सिटीको माग देखि मुस्लिमलाई राज्यको हरेक अंगमा विशेषाधिकार सहित उत्पीड़नमा परेका गरिब मुस्लिमलाई घर र रोजÞगारी दिने सम्मका मागहरु राखे ।
आम जनता पार्टीको उपत्याका स्तरीय भेला आज दिनको १ बजे देखि ललितपुरको बालकुमारी स्थित बसेको जनाइएको छ ।

 

 

 

सम्बन्धित समाचार