51
Shares
काठमाडौं, २२ असार । आइएमई पे एपबाट “नेपाल पे” को क्युआर स्क्यान गर्न मिल्ने व्यवस्थापन गरिएको छ ।
आइएमई ग्रुपद्धारा जारी गरिएको प्रेस वत्तव्यमा अब सेवाग्राहीहरुले नेपाल पे को क्युआर स्क्यान गरी आइएमई पे एम मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको हो ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो ।
नेपालमा क्यु आर स्क्यान मार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आइएमई पे र नेपाल पे को आवद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास गरिएको जारी गरिएको प्रेस वत्तव्यमा उल्लेख गरिएको छ ।