चट्याङ लागेर तिनको मृत्यु चार घाईते

   १५ असार २०७८, मंगलवार १४:४५  

तराई टप संवाददाता
पर्सा, १५ असार । पर्सा जिल्लामा चट्याङ लागेर मंगलवार तीन जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकामा बस्ने दुई जना र जीरा भवानी गाउँपालिकामा एक गरी तिन जनाको मृत्यु भएका हुन् । पटेर्वा सुगौली वडा नम्बर ४ पथरैयामा भैंसी चराउन गएका बेला चट्याङ लागेर सोही वडाको देउरबाना बस्ने ५५ वर्षीय रघुबिर यादव र सोही गाउँपालिका वडा नम्बर १ गदियानीका २७ वर्षीय रोसलान गदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै चट्याङमा परि घाइते भएका चारै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये एकजनाको अवस्था गम्भीर रहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै