खुकुरीले घाँटी छिनाएर श्रीमतीको हत्या

   २२ असार २०८०, शुक्रबार १७:१८  

 

सर्लाही, २२ असार । घरायसी विवादमा धारिलो हतियार प्रहार गरेर सर्लाहीको हरिवनमा घाँटी छिनाएर श्रीमतीको हत्या गरेको छ ।
सर्लाहीको हरिवन नगरपालिका वडा नम्वर ५ घुर्कौली टोलका ३५ बर्षिय रामभरोस भन्ने अर्जुन महतोले घरायसी विवादमा २८ बर्षिय श्रीमती नैनकुमारी महतोलाई शुक्रवार साढे १२ बजेको समयमा धारिलो खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
धारिलो खुकुरी प्रहार गरेर घाँटी छिनाई श्रीमतीको हत्या गर्ने महतोलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै